
बाँकेको कोहलपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नव विकसित कोहलपुरको समग्र विकासका लागि माओवादी केन्ऽको बिकल्प नरहेको बताए ।
उनले नरेन्द्र न्यौपानेको रुपमा प्रचण्ड सिधै कोहलपुरसँग जोडिएको दाबी समेत गरेका थिए । कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्ऽ न्यौपानेसँग आफ्नो सिधा सम्पर्क रहेको बताउँदै प्रचण्डले न्यौपाने मार्फत कोहलपुरवासीले सिधै प्रचण्ड र माओवादी हेडक्वाटरसँग सम्पर्क स्थापित गर्न सक्ने बताए ।
जनताको सेवकको रुपमा स्थानीय प्रतिनिधिहरुले काम गर्ने बेला आएको भन्दै प्रचण्डले नरेन्ऽ न्यौपाने मार्फत प्रचण्डमाथी राज गर्ने अवसरको सदुपयोग गर्न सबैलाई आग्रह समेत गरेका थिए ।
माओवादी आन्दोलनको बलमा स्थापित एजेण्डाकै आधारमा स्थानीय तहको निर्वाचन हुन गइरहेको दाबी गर्दै प्रचण्डले इमान्दारीतापूर्वक कार्यसम्पादन गर्ने हो भने विकास सम्भव रहेको आफू नेतृत्वको सरकारले पुष्टि गरेको दाबी गरेका थिए ।
सरकारले शहीद, बेपत्ता तथा घाइते परिवारका लागि जनही ५ लाख रकम निकासा गरेको जानकारी दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चुनाव लगत्तै रकम वितरण गरिने बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिकामा माओवादी मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले युवालाई जिम्मेवारी सम्पन्न बनाउन कोहलपुरका मतदातासँग आग्रह गरे ।
पटक-पटक नेतृत्वमा आएर समेत कोहलपुरको विकासका लागि स्पष्ट खाका समेत कोर्न नसकेका दल र तिनका प्रतिनिधिबाट विकास सम्भव नभएको जिकीर गर्दै न्यौपानेले नयाँ जोश र जिम्मेवारीका साथ नेतृत्व गर्न तयार अवस्थामा रहेका युवा उम्मेदवारहरुलाई जिताउनु नगरवासीको दायित्व रहेको बताएका थिए ।
प्रतिस्पर्धी दलका उम्मेदवारहरुतर्फ इङ्गति गर्दै अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका न्यौपानेले भने, ‘डेट एक्सपायर औषधिले रियाक्सन गर्छ, फाइदा गर्दैन ।’
प्रतिक्रिया 4