१० असार, काठमाडौं । नवलपारासीको बर्दघाट नगरपालिकाका एमाले मेयर उम्मेदवारको घरमा बम फेला परेको छ । मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो ।
बम राखेको जानकारी पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ । सेनाले बेलैमा बम निष्क्रिय पारेकाले अप्रिय घटना हुनबाट जोगिएका छन् ।
बम कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4