+
+

कैलालीको सीमा नाका ४८ घन्टाका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १२ गते ९:२९

१२ असार, कैलाली । स्थानिय तह दोश्रो चरणको निर्वाचनको सुरक्षाको लागि भन्दै आजबाट कैलालीका सिमानाका बन्द गरिएका छन् ।

कैलालीको त्रिनगर नाका, टीकापुरको खक्रौला नाका र भजनीको लालबोझी नाका आजबाट ४८ घन्टाका लागि बन्द गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

उनले सिमानाका बन्द गरिए पनि भारतबाट मतहाल्न नेपाल फर्कनेहरु र औषधि उपचारका लागि भारत जानेहरुका लागि भने नाका बन्द नरहेको बताए ।

गत शुक्रबार नेपाल भारत सिमा बैठकले चुनावका लागि भन्दै ४८ घन्टा सिमानाका बन्द गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?