Comments Add Comment

नेपाल–भारत जोड्ने मोटरेबल पुलको भारतीय प्राविधिक टोलीद्वारा सर्भे

१३ असार, दार्चुला । नेपाल र भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि भारतीय प्राविधिकहरुको टोलीले दार्चुलामा स्थलगत सर्भे गरेको छ ।

नेपालतर्फ दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ सकार भीर र भारतको उत्तराखण्ड बालुवाकोटस्थित कन्या कलेज नजिकको क्षेत्रमा पुल निर्माणका लागि स्थलगत सर्वेक्षण गरिएको हो । भारतीय टेक्निकल कन्सल्टेन्सीका प्राविधिक मनोज सहितको प्राविधिक टोलीले नेपाल र भारत दुवैतिर सर्भे गरेका छ ।

यसअघि नेपाल–भारत सुरक्षा समन्वय समितिको बैठकमा दुबै देश जोड्ने पुल निर्माणका लागि ३ ठाउँ छनौट गरिएको थियो । नेपालतर्फ महाकाली नगरपालिका वडा नम्बर ९ को सकार भीर, सोही नगरपालिकाको वडा नम्बर ६ धाप र वडा नम्बर ४ वीरेन्दवन तथा भारततर्फका बालुवाकोट कन्या कलेज नजिकै, छार्छङ र वृन्द्रावन पारि गोर्खा रेजिमेन्ट ब्यारेक नजिकको ठाउँलाई सिफारिश गरिएको थियो ।

तीमध्ये सकार भीर भारतको बालुवाकोट कन्या कलेज नजिकको क्षेत्रमा सर्वेक्षण गरिएको छ ।

त्यस्तै, नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि दार्चुला जिल्लाका ४ ठाउँमा छनौट गरी सिफारिश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment