१४ असार, रुकुम । रुकुमको पूर्वी क्षेत्रमा पर्ने ४ वटा मतदान केन्द्रमा टेलिफोन सम्पर्क विच्छेद भएको छ । जिल्लाको भूमे गाउँपालिकामा रहेका ४ वटा मतदान केन्द्रमा सञ्चार सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए ।
तर, जिल्ला निर्वाचन कार्यालयले भने ती क्षेत्रमा शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको बताएको छ ।
गएरातीको भारी वर्षाका कारण लेलिफोनमा समस्या आउनुका साथै मध्यपहाडी राजमार्गका विभिन्न ठाउँका सडकहरु पनि भत्किएका छन् ।
५ नं. प्रदेशमा पर्ने रुकुमका सिस्ने, भूमे, र पुथा उत्तरगंगा गाउँपालिकामा एक सय ५६ पदका लागि ४ सय १२ उम्मेदवार चुनावी मैदानमा छन् । १ सय ६१ पद मध्य ६ वटा पदमा भने निर्विरोध भइसकेका छन् ।
सबै निर्वाचन केन्द्रहरुमा मतदान उत्साहजनक रुपमा भइरहेको निर्वाचन कार्यालयले बताएको छ ।
जिल्लाका ६ वटा स्थानीय तहमा भने पहिलो चरणमा निर्वाचन भइसकेको छ ।
प्रतिक्रिया 4