Comments Add Comment

फस्टलुक रिलिज गर्दै ‘प्रेमगीत २’को देश दौडाहा सुरु

चलचित्र ‘प्रेमगीत २’ यूनिटले आफ्नो प्रचारप्रसारलाई तिव्र पारेको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएपछि फस्टलुक पोष्टर रिलिज गरिएको छ । फस्टलुक पोष्टर रिलिज गर्दै चलचित्रको यूनिट देश दौडाहामा निस्किएको छ ।

चलचित्रको फस्टलुकमा नायक प्रदिप खड्का, नायिका अश्लेषा ठकुरी र खलपात्र सन्तोष सेनलाई चित्रित गरिएको छ । टौवा क्रियसनले यो प्रेमभाव बोकेको चलचित्रको पोष्टर तयार पारेको हो ।

फस्टलुक सार्वजनिक गर्दै चलचित्रको यूटि देश दौडाहामा निस्किएको छ । तनहुाको दमौलीदेखि सुरु हुने कन्सर्ट टूर पोखरा, नेपालगञ्ज हुँदै पूर्वका विभिन्न शहरमा आयोजना गरिने निर्माणपक्षले बताएको छ । यो टूरमा १५ जनाको टोली सहभागी छ ।

निर्देशक रामशरण पाठकका अनुसार पोष्ट प्रोडक्शनको काम सकिएपछि देश दौडाहा सुरु गरिएको हो । सन्तोष सेन निर्मित यो चलचित्रको प्रेम जोडीको कथा भन्छ । साउन १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

प्रदिप र अश्लेषासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment