+
+
Shares

शहीदभूमि गाउँपालिका जितेर धनकुटामा एमालेको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १६ गते १७:४९

१६ असार, धनकुटा । खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका जितेर एमालेले धनकुटामा विजयी सुरुवात गरेको छ ।

शहीदभूमि गाउँपालिका अध्यक्षमा एमालेका मनोज राई विजयी भएका छन् । राईले ४ हजार ५४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै रत्नश्वरी राई ३ हजार ९ सय १६ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकै रामकुमारी राईले १ हजा ५ सय ३४ मत ल्याएकी छन् ।

यस गाउँपालिकाको ७ वडामध्ये ६ वटा वडामा एमालेले जितेको छ । १० हजार ९ सय २८ मतदाता भएको यो गाउँपालिकामा खसेको ८ हजार ६२ मतमध्ये १ सय ५५ मत बदर भएको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?