+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कस्तो आलु सेवन गर्नु विष समान हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १८ गते १३:४४

सबैको भान्सामा अनिवार्य पाक्ने परिकार हो, आलु । आलुको अनेक परिकार बन्छ । यसलाई अन्य सब्जीसँग पनि मिसाएर खाइन्छ । पकाएर, उसिनेर, तारेर जसरी पनि खान सकिने आलु बहुउपयोगी सब्जी हो ।

सजिलै र लामो समयसम्म भण्डारण गर्न सकिन्छ, आलु । त्यसैले एकै पटकमा धेरै आलु खरिद गरेर भण्डारण गर्ने चलन छ । यद्यपी यसरी भण्डारण गरिएका आलुमा केहि परिवर्तन हुन थाल्छ, जो खान अयोग्य हुन्छ ।

हरियो रंग

बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ ।

चाहुरिएको आलु

गाउँघरतिर बिऊको लागि राखिएको आलु पनि तराकारीको रुपमा प्रयोग गरिन्छ । आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ । यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । तर, यस्तो आलु सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ ।

अंकुरित आलु

आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।

आलुको गुण

आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन-सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?