+
+
Shares

धनकुटाका माओवादी इञ्चार्ज भण्डारीले राजीनामा दिए

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १८ गते १८:२०

१८ असार, धनकुटा । जिल्लाको स्थानीय तहमा एमालेले क्लिन स्वीप गरेपछि माओवादी केन्द्रका धनकुटा इञ्चार्जले राजीनामा दिएका छन् ।

जिल्लाको चुनावी परिणाम पार्टीको पक्षमा नअाएपछि माओवादीका धनकुटा इञ्चार्ज हेमराज भण्डारीले पदबाट राजीनामा दिएका हुन् । उनी पूर्व सभासद तथा माओवादीका केन्द्रीय सदस्य समेत हुन् ।

धनकुटाको सात वटै स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुख जित्दै क्लिन स्वीप गरेको छ । एमालेले जिल्लाका ६० मध्ये ४२ वडामा जित हासिल गरेको छ ।

धनकुटाका स्थानीय तहमा माओवादी एक्लै भिडेको थियो भने कांग्रेसले राप्रपा र संघीय समाजवादी फोरमसँग गठबन्धन गरे पनि कमजोर देखियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?