Comments Add Comment

माछापुच्छ्रे बैंकले सल्यान शाखामा गर्यो बृहत् निःशुल्क स्वास्थ्य शिविर


१९ असार, काठमाडौं । माछापुच्र्छे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत असार १७ गते सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविर मार्फत ५ सय ३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रालिको सहकार्यमा भएको हो । यस बैंकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।

पोखराबाट २०५७ सालमा बैंकिङ कारोवार शुरु गरेको यस बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ ।

रु. ६ अर्ब ५९ करोड ८७ लाख चुक्ता पुँजी रहेको यस बैकले २०७३ साल चैत्रमसान्त सम्ममा रु ५८ अर्ब ४८ लाख निक्षेप परिचालन गरी रु. ५३ अर्ब ५८लाख कर्जा प्रवाह गरेको छ । सो अवधिमा १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment