+
+
Shares

एनआरएन स्पेनको क्षेत्रीय समिति पाइसभास्को बिल्बाउको अध्यक्षमा चौधरी

बसन्त रानाभाट  बसन्त रानाभाट 
२०७४ असार २० गते १३:०१

४ जुलार्इ, बार्सिलोना । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पूर्णप्रसाद राईलाई ९ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा चौधरीले ९० मत तथा राईले ८१ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक गंगाराम सापकोटाद्वारा प्रकाशित सूचना अनुसार केन्ऽीय सचिवमा तुलसीबहादुर गुरुङ विजयी भएका छन् । अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिग्देललाई १२ मतले पछि पार्दै गुरुङ बिजयी बनेका हुन् । निर्वाचनमा गुरुङले ९२ मत तथा सिग्देलले ८० मत प्राप्त गरेका थिए ।

यस्तै कार्यसमितिको सचिव पदमा ६३ मत प्राप्त गर्दै कमला बराल निर्वाचित भइन । सचिवका अन्य प्रतिस्पर्धीहरु महेश पंगेनीले ५८ मत र राजेन्ऽ सेढाईले ५० मत प्राप्त गरेका थिए ।

शनिबार बिल्बाउमा सम्पन्न समितिको पहिलो अधिबेशनमा तीन वटा पदका लागि निर्वाचन भए पनि अन्य पदका लागि यस अघि नै सर्बसम्मत भएको थियो ।

यस्तै कार्यसमितिको उपाध्यक्षमा दिपेन्ऽ अर्याल,सहसचिवमा सुरेन्द्र चौलागाई, कोषाध्यक्षमा रमिला चौलागाई (योगमाया), महिला फोरम संयोजकमा मालती पन्त र युवा संयोजकमा गुन बहादुर थापा निर्बिरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा बिकास कार्की, टंक बराल,उमा गुरुङ,सञ्जय सुबेदी,सन्तोष अधिकारी,मिलन गुरुङ र राम कृष्ण रानामगरको निर्बिरोध चयन भएका छन् ।

गुरुङले गरे आईसीसी सदस्यमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय समिति बिल्बाउको प्रमुख अतिथिको रुपमा उद्घाट्न गर्दै गुरुङले उम्मेदवारी घोषणा गरेका हुन् ।

गुरुङले भने,’दुई वर्षसम्म राष्ट्रिय समन्वय परिषदको अध्यक्षको जिम्मेबारी सफलता पूर्वक निर्बाह गर्न सके जस्तो लाग्छ,अब एनआरएन अभियानलाई निरन्तरता दिन आईसीसी सदस्यका लागि उम्मेदवारी घोषणा गर्दछु ।’

समितिका अध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए स्पेनका उपाध्यक्ष गौतम गुरुङ,सल्लाहकार दावा ऋषी श्रेष्ठ,दिनेश गिरी लगायत बिल्बाउ स्थित नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?