+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दुनियाँको यस्तो पहिलो बच्चा, जसको लिङ्ग अहिलेसम्म थाहा छैन

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २१ गते २२:३०


दुनियाको यस्तो पहिलो बच्चा, जसको लिंग अहिलेसम्म थाहा छैन

क्यानडामा एकजना ८ महिनाका बच्चा छन् । उनको नाम शेरिल अटली हो । शेरिल विश्वको एकमात्र यस्तो बच्चा हुन् जसको अहिलेसम्म पनि लिंग पत्ता लागेको छैन ।
रिपोर्ट अनुसार, शेरिलका अभिभावक पनि समलिंगी अर्थात् ट्रान्सजेन्डर हुन् । अर्थात् उनका बुवाआमा समेत न त महिला हुन् न त पुरुष । यस्तोमा उनीहरुले आफ्नो बच्चा पनि लिंगहीन जन्माए ।उनको स्वास्थ्य परिचयपत्रमा कुनै लिंग खुलाइएको छैन । लिंगमा पुरुषको एफ वा महिलाको एमको साटो यू उल्लेख गरिएको छ । जसको अर्थ अज्ञात अर्थात् अननन हो ।

शेरिलकी समलिंगी आमा कोरी डोटीले शेरिलको जन्मदर्ता प्रमाणपत्रलाई पनि लिंगविहीन बनाउने प्रयास गरिरहेकी छन् । कोरीका अनुसार, उनी शेरिललाई कुनै छोरा वा छोरीको रुपमा भन्दा पनि एक सन्तानको रुपमा मात्र पहिचान गर्दछिन् । उनलाई केटा वा केटीको प्रतिबन्धभन्दा बाहिर राख्ने चाहना उनको छ ।

ब्रिटिस कोलम्बिया प्रान्तको सरकारी निकायले शेरिलको जन्मदर्ता प्रमाणपत्र अहिलेसम्म जारी गर्न मानेको छैन । शेरिलकी आमा कोरीले आफ्नो बच्चाको लिंगविहीन जन्मदर्ता प्रमाणपत्र जारी गर्न भनेपछि सरकारी एजेन्सीले अस्वीकार गरेको छ । व्यक्तिको लिंग नखुलाइकन जन्मदर्ता प्रमाणपत्र जारी नगर्ने सरकारी अडान छ । यसविरुद्ध उनले अदालतमा मुद्दा हालेकी छिन् ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?