Comments Add Comment

बच्चालाई पिट्दा पर्नसक्छ यति गंभिर असर

कसरी बनाउने अनुशासित ?

बच्चालाई अनुशासित बनाउने बाहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो । बच्चालाई सहि बाटोमा डोहोर्‍याउनका लागि शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिदैन । बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानी, तनाव पैदा गर्छ ।

जब बच्चालाई कुटिन्छ, डर देखाइन्छ, यातना दिइन्छ भने त्यसले उसलाई सकारात्मक बाटोमा लाने होइन, बरु नकारात्मकतर्फ मोड्छ । बच्चाहरु झन आक्रमक, आपराधिक हुने भय हुन्छ । विश्वका कुख्यात अपराधीहरुको पृष्टभूमी पढ्नुभयो भने थाहा हुन्छ, जसले बाल्यकालमा यातना, पीडा, वियोग भोगका छन्, उनीहरुमा विकृत मानसिकता पैदा हुन्छ ।

बच्चालाई कुट्ने पिट्ने नगरौ

यदि बच्चालाई शारीरिक दण्ड दिनुहुन्छ, पिट्नुहुन्छ भने त्यसले तपाईको बच्चाको सुधार हुँदैन । यस्तो व्यवहारले बच्चा अनुशासित हुँदैन । वास्तवमा यस किसिमको कारबाहीले बच्चामा काम गर्नका लागि आन्तरिक प्रेरणाको निर्माण पनि गर्दैन ।

पहिलो गल्तीमा बच्चालाई सम्झाउनुहोस्

यदि बब्चाले कुनै गल्ती गर्छ भने त्यो उसले जानेर वा नजानेर गरेको हो ? बुझ्नुहोस् । यदि नजानेर गरेको भए त्यो काम गलत हो भनेर सम्झाउनुहोस् । साथै जानेर गरेको छ भने त्यसको नकारात्मक असर के हुन्छ, त्यो काम किन गर्नु हुँदैनथ्यो भन्ने कुरा महसुष गराउनुहोस् ।

राम्रो काममा प्रोत्साहित गर्नुहोस्

बच्चाको नराम्रो बानी, काम हटाउने एउटा काइदा हो, उसलाई राम्रो कुरामा प्रेरित, प्रोत्साहित गर्ने । जब बच्चा राम्रो काममा ध्यान दिन्छन्, उनीहरुले त्यस्ता गल्ती दोहोर्‍याउने समय पाउँदैनन्, जो अभिभावकलाई मन पर्दैन । \

खेलको माध्यामबाट सुधार्ने

बच्चालाई अनुशासित, संयमित, धैर्यवान् बनाउने राम्रो माध्याम हो, खेलकुद । खेल्न पाएपछि बच्चाहरु फुरुङ्ग हुन्छन् । खुसी हुन्छन् । उनीहरुको शारीरिक तथा मानसिक विकास हुन्छ । यससँगै उनीहरुमा राम्रो गुणको पनि विकास हुन्छ । बच्चालाई सजाय दिएर, गाली गरेर होइन, सहि विधीबाट सुधार्नु पर्छ । खेलकुद यस्तो माध्याम हो, जसले बच्चालाई अनुशासित, उत्तरदायी, संयमित बनाउन सिकाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment