+
+

झापाको शिवसताक्षी नगरपालिकामा एमाले बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २२ गते १७:२५

२२ असार,झापा । झापाको शिवसताक्षी नगरपालिका नेकपा एमाले बिजयी भएको छ ।

मेयरमा एमालेका चन्द्रकुमार शेर्मा लिम्बु १४६८४ मत प्राप्त गरी बिजयी भएका छन् ।

उपमेयरमा पनि एमालेकै भोजकुमारी नेपाल १४९६० मतका साथ बिजयी भएकी छन् ।

मेयरमा कांग्रेसका निकटतम प्रतिद्वन्द्वी परशुराम ढुंगानाको ९८५६ मत छ भने उपमेयरमा कांग्रेसकी जयकुमारी चेम्जोङको ९३२४ मत प्राप्त भएको छ ।

झापाका १५ स्थानीय तहमध्ये अब मेची,दमक,अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मत परिणाम आउन बाँकी छ ।

अहिलेसम्म एमालेले बिर्तामोड,भद्रपुर,कनकाइ र शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिका जितेर अग्रता लिएको छ । कांग्रेस र राप्रपाले बराबरी ३/३ स्थानीय तह जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?