Comments Add Comment

राजपामा विधान विवादः अढाई महिनामै विभाजनको रेखा


२३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरुबीच तीव्र मतभेद देखिएको छ ।

राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो । तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान प्रक्रिया नै अवरुद्ध भएको छ ।

बुधबारको बैठकमा अध्यक्ष महन्थ ठाकुरले ५–७ दिनपछि पनि अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि जतिको हस्ताक्षर हुन्छ, त्यसलाई नै लिएर आयोगमा दल दर्ता हुने बताएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment