+
+

शाहरुखले दिएको गाडीमा गर्लफ्रेण्डलाई लिएर हिँडे सलमान

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २४ गते १८:२५

बलिउडका दुई अभिनेता शाहरुख खान र सलमान खानको मेलमिलाप अहिले हेर्नलायक छ । शाहरुखले हालै सलमानलाई मर्सडीज कार उपहार दिएका थिए ।

शाहरुखले दिएको कारमा गर्लफ्रेण्ड लुलिया वन्तुरलाई लिएर सलमान लङ ड्राइभमा हिँडेका छन् । उनीहरुका साथमा अभिनेत्री सोनाक्षी सिन्हासमेत छन् । कहाँसम्म हिँडेका हुन् भन्ने खुलेको छैन । गाडीमा सलमान अगाडिको सिटमा बसेका थिए भने लुलिया र सोनाक्षी पछाडि सिटमा थिए ।

सलमानको फिल्म ट्यूबलाइटमा शाहरुखले केमियो भूमिका निर्वाह गरेपछि शाहरुखको आगामी फिल्ममा सलमानले केमियो गर्दैछन् ।

यो फिल्ममा सलमानको एउटा डान्स रहनेछ । समाचारअनुसार सलमानले सो केमियो सुटका लागि आफ्नो सुटिङ सेड्यूल बदलेका थिए । सलमान सुटिङको लागि सेटमा पुग्दा नै शाहरुखले उनलाई कार उपहार दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?