+
+
Shares

पश्चिमाञ्चलमा ४५.८ प्रतिशत रोपाइ सकियो, कास्कीमा २७ प्रतिशत बाँकी

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ असार २७ गते ११:१७


२७ असार, पोखरा । पश्चिमाञ्चल क्षेत्रमा हालसम्म करिब ४६ प्रतिशत रोपाइ सकिएको छ । पश्चिमाञ्चलमा रहेको कूल खेती योग्य ३ लाख १५ हजार ४ सय ३८ हेक्टर क्षेत्रफलमध्ये सोमबारसम्ममा ४५.८ प्रतिशत रोपाइ सम्पन्न भएको पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले जानकारी दिए ।

यो अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले कमी हो । अघिल्लो वर्ष असार २६ गतेसम्ममा ६१ प्रतिशत रोपाइ सकिएको थियो ।

पश्चिमाञ्चलमा यस वर्ष हालसम्म सबैभन्दा बढी म्याग्दीमा ७७ प्रतिशत र सबैभन्दा कम लमजुङमा २५ प्रतिशत रोपाइ भएको छ । कास्कीमा ७३ प्रतिशत खेत रोपिसकिएको छ ।

त्यस्तै, नवलपरासीमा ७० प्रतिशत, स्याङजामा ५० प्रतिशत, तनहुँमा ३२.५ प्रतिशत, पर्वतमा ५५ प्रतिशत, बागलुङमा ६० प्रतिशत, पाल्पामा ३८ प्रतिशत, गोरखामा ३१ प्रतिशत, गुल्मीमा ३२ प्रतिशत, अर्घाखाँचीमा ४० प्रतिशत, कपिलवस्तुमा ३० प्रतिशत र रुपन्देहीमा ४५ प्रतिशत रोपाइ सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशक श्रेष्ठले जानकारी दिए ।

अघिल्लो वर्षको भन्दा यो वर्ष रोपाइ ढिलो हुनुमा स्थानीय तहको पहिलो चरणको चुनाव मुख्य कारण भएको पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशक श्रेष्ठको भनाइ छ ।

बिऊ राख्ने बेलामा चुनावी प्रचारतिर दौडिँदा त्यसको असर रोपाइमा परेको उनले बताए । त्यस्तै, रोपाइका लागि पर्याप्त पानी नपर्नु पनि रोपाइ ढिलो हुनुको कारण रहेको उनले बताए । ढिलो भए पनि पश्चिमाञ्चलमा शतप्रतिशत रोपाइ हुने श्रेष्ठको अनुमान छ ।

पश्चिमाञ्चल क्षेत्रमा पर्ने हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा भने धान रोपिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?