Comments Add Comment

गर्भवती वडा सदस्यको हत्या

२७ असार, रुकुम । रुकुममा हालैको निर्वाचनबाट दलित वडा सदस्य पदमा निर्वाचित भएकी  एक महिलाको उनकै श्रीमानले हत्या गरेका छन् । उनी ९ महिनाकी गर्भवतती थिइन् ।

असार १४ गते भएको स्थानीय चुनावमा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ७ की दलित वडा सदस्यको रुपमा नेपाली कांग्रेसबाट निर्वाचित २८ वर्षीय बयानसरी कामीको हत्या भएको हो ।

घरायसी विवादमा ३८ वर्षीय टेक बहादुर कामीले गर्भवती श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको रुकुम प्रहरीले जानकारी दिएको छ ।

उनी ९ महिनाकी गर्भवती थिइन् र साउन पहिलो साता उनको बच्चा जन्माउने मिति थियो ।

प्रहरीले उनलाई सोमबारै पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment