२७ असार, काठमाडौं । बसुन्धरास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले सो स्थानबाट पक्राउ गरेको हो ।
चिया पसलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो ।
यसैगरी पोखराबाट पनि पेस्तोल र गोली सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4