Comments Add Comment

यस्ता लक्षण देखिए मृगौलामा समस्या हुनसक्छ, कसरी बच्ने ?

मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ ।

जब मृगौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन ।

मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म मृगौलालाई स्वस्थ्य राख्न प्रयास गर्नुपर्छ । अतः यहाँ मृगौला खराब हुँदा देखिने सुरुवाती लक्षणहरु दिइएको छ ।

– मृगौलामा समस्या हुँदा पिसाबको मात्रा र पिसाब हुने समयमा परिवर्तन हुन्छ ।

– पिसाबको मात्रा अचनाक कम हुन्छ वा बढ्छ ।

– पिसाबको रंग वाढा हुन्छ ।

– पटक पटक पिसाब आएको महसुष हुन्छ तर, पिसाब आउँदैन ।

– पिसाब गरेको समेमा दुख्छ ।

– पिसाबका रगत देखिन्छ ।

– हात, खुट्टा, अनुहार सुन्निछ ।

– अत्याधिक शारीरिक थकावट तथा कमजोरी महसुष हुन्छ ।

– चिडचिडापन आउँछ । कुनैपनि काममा एकाग्रता हुँदैन ।

– हरेक समय चिसो महसुष हुन्छ ।

– छाला चिलाउन थाल्छ ।

– मुखमा दुर्गन्ध आउँछ ।

– वान्ता हुन्छ ।

– भोक लाग्दैन ।

– सास लिन असुविधा हुन्छ ।

– हरेक समय कम्मरको भाग दुख्छ ।

के कारणले हुन्छ मृगौलाको समस्या

जब मृगौलामा अत्याधिक दबाब वा तनाव हुन्छ, यस्तो परिस्थितीमा मृगौलामा समस्या हुन्छ ।

१. उच्च रक्तचापले मृगौलालाई असर गर्न सक्छ । किनभने उच्च रक्तचापमा हाम्रो रक्त धमनीमा अत्याधिक दबाव पर्छ । यसले हृदय रोग निम्त्याउन सक्छ ।

२. यदि मधुमेहका रोगीले मधुमेहमा नियन्त्रण गर्न सकेन भने शरीरमा अत्याधिक ग्लुकोजको निर्माण हुन्छ । यहि ग्लुकोज जम्मा हुँदा मृगौला हुने स-साना फिल्टरमा समस्या हुन्छ । त्यही कारण मृगौलाले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सक्दैन । फलत, मृगौला खराब हुनसक्छ ।

३. जब हाम्रो शरीरमा अचानक रक्तप्रवाह रोकिन्छ, त्यस्तो अवस्थामा पनि मृगौलाले काम गर्न छाड्छ ।

४. जब हाम्रो शरीरले मुत्र त्याग गर्न असमर्थ हुन्छ, यस्तो परिस्थितीमा पनि हाम्रो शरीरमा विषाक्त पदार्थ निर्माण हुन थाल्छ । यहि कारण मृगौलामा अतिरित्त भार पर्छ ।

५. मृगौलाको आसपास रगत जमेको छ भने पनि मृगौलाको कार्यप्रणालीमा नराम्रो असर पर्छ ।

६. शरीरमा कुनैपनि प्रकारका संक्रमण भयो भने पनि मृगौलालाई असर गर्छ ।

७. अत्याधिक मात्रामा नसालु पदार्थ, मदिरा आदि सेवन गर्दा पनि मृगौलाले आफ्नो काम गर्न असमर्थ हुन्छ ।

८. विभिन्न प्रकारका एन्टिबायोटिक्स गोली लिँदा मृगौलामा हानी पुग्छ ।

प्राकृतिक उपचार विधी

मृगौलालाई स्वस्थ्य राख्नका लागि सक्रिय दिनचर्या र स्वस्थ्य खानपान जरुरी हुन्छ । आर्युवेदमा दुबै मृगौला, मुत्रवाहिनी र मुत्राशय आदिलाई मूत्रवह स्रोतको नाम दिइएको छ ।

मृगौला खराब हुनबाट बच्नका लागि पीपलको पात र निमको पात निकै उपयोगी मानिन्छ । दुबैको मिश्रणलाई राम्ररी पानीमा उमालेर त्यसको रस नियमित मात्रामा पिउनुपर्छ । यससँगै योगले पनि फाइदा गर्छ । खासगरी कपलभाती योग नियमित रुपमा गर्नुपर्छ । अनुलोम विलोम लगायत कतिपय यस्तो योग हुन्छ, जसले मृगौला खराब हुनबाट बचाउँछ । अकुप्रेसर विधी पनि अपनाउन सकिन्छ । हात तथा खुट्टो कान्छी औंला वा हत्केला र खुट्टाको मध्य भागमा निरन्तर दबाउनु पर्छ ।

खानपान

नुन र फस्फोरसको मात्रा कम हुनुपर्छ । पोटेशियम पनि नियन्त्रित हुनुपर्छ । यस्तो अवस्थामा केरा फाइदाजनक मानिन्छ । यसमा कम मात्रामा प्रोटिन हुन्छ । तरल पदार्थ सीमित मात्रामा लिनुपर्छ । उसिनेको सब्जी मात्र सेवन गरौ । तारेको, भुटेको, मसलेदार खानेकुरा सेवन नगरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment