Comments Add Comment

‘लक’ नलाग्दा सधै पछि खुश्वु


चलचित्र रिलिज भएर मात्र हुँदैन । व्यापारिक रुपमा पनि हिट हुनपर्छ । चलचित्र हिट नभएसम्म कलाकारले सफल हुन्छु भनेर सोच्नु पनि गलत हो ।

राम्रो व्यानर र राम्रो कथावस्तु परेन भने कलाकारलाई सफलता पाउन ठूलै पापड पेल्नु पर्छ । नायिका खुश्वु खड्काको हकमा पनि यस्तै देखिएको छ ।

उनले अभिनय गरेको चलचित्र ‘सुकुलगुण्डा’ त रिलिज नै भएको छैन । केही चलचित्र रिलिज भएपनि अत्तोपत्तो भएन । जसले गर्दा खुश्वु चलचित्र क्षेत्रमा आएको लामो समय भैसक्दा पनि ओझेलमा छिन् ।

उनी, अभिनित चलचित्र ‘जुनी’ रिलिजको तयारीमा छ । त्यो बाहेक उनको हातका त्यस्तो प्रोजेक्ट छैन । खुश्वु अझै केही समय संघर्ष गर्छु नै भन्छिन् । तर, उनको संघर्ष अब काम लाग्ला या नलाग्दा, समयले नै बताउनेछ ।

साच्चै, ‘लक’ नलागेका कारण खुश्वु सधै नै पछि परेकी हुन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment