Comments Add Comment

मांसहारी भर्सेस शाकाहारी : किन शाकाहार हुने, के छ फाइदा ?


खानपानको सवालमा मांसहार र शाकाहारलाई दुई कित्तामा विभाजन गरिएको छ । अक्सर स्वादका पछाडि दौडनेहरु मांसहार भोजन नै रुचाउँछन् । किनभने यसबाट थरीथरीका व्याञ्जन बनाउन सकिन्छ । शरीरमा आवश्यक पोषक तत्वको अभाव पुरा गर्न पनि मासु खानैपर्ने तर्क कतिको हुन्छ । त्यसैले सन्तुलित भोजनमा मासु, अन्डालाई पनि समावेश गरिन्छ ।
तर, यहि समाजमा धेरैले आफ्नो जिब्रोलाई शाकाहार भोजनमा अभ्यस्त गराएका छन् । सर्वव्यापी धारणा के छ भने, स्वस्थ्य जीवनको लागि शाकार भोजन सर्बोत्तम हो । हाम्रो धर्म-संस्कृतिले पनि मांशहार भोजनलाई कटौती गरेको छ ।

शाकाहार नै किन ?

एकखाले तर्क यस्तो छ, हाम्रो शारीरिक संरचना शाकाहारी भोजनको लागि हो । किनभने मांसहार भोजन गर्ने प्राणीको आन्द्राको लम्बाई छोटो हुन्छ । बाघ, भालुको आन्द्रा छोटो हुन्छ ।

मानिसको आन्द्रा धेरै लामो हुन्छ । हामीले खाने कुनैपनि खानेकुरा पचाउनको लागि त्यो लामो प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ । यहि हिसाबले पनि मासु मानव शरीरको लागि अनुकुल र सहि छैन ।

मासु कति अस्वस्थ्य ?

अक्सर हामी विदेशी वा विकसित देशको खानपान पनि अनुसरण गर्छौ । उनीहरु जति बुझेकाले त मासु खान्छ भने, हामीले किन नखाने भन्ने भावना पनि हामीमा हुन्छ ।

यद्यपी उनीहरुको तुलनामा नेपाली समाजमा पशु बध गर्ने, काट्ने, भण्डारण गर्ने र पकाउने विधी स्वस्थ्यकर छैन । खासमा पशु वध गर्नुअघि त्यो स्वस्थ्य वा निरोगी छ/छैन भनेर जाँच्ने, सफा स्थानमा वध गरेपछि त्यसलाई फ्रोजन  गर्ने जस्ता विधीहरु हामीकहाँ अपनाइदैन । यसले मासुलाई झनै विषाक्त बनाउँछ ।

निरोगी पशु वध गर्दा त्यसले आफुलाई मारिएको महसुष नै गर्न हुँदैन । पशु अधिकारकर्मीहरुले समेत यसमा कडाई गरेका छन् । तर, हामीकहाँ पशुलाई तड्पाएर, दुख दिएर बध गरिन्छ । यसरी पशु तड्पिएको बेला उसको रक्त प्रवाहमा अवरोध आउँछ । शरीरका प्रत्येक कोषमा रक्तप्रवाह हुन पाउँदैन । यसले गर्दा पनि मृत्त मासु हामी सेवन गर्न पुग्छौं । यो एक हिसाबले सिनो खाए जस्तै हो ।

के छ हानी

– अप्राकृतिक खानपान, जसको कारण हाम्रो स्वस्थ्य दिनदिनै दुर्बल एवं कमजोर हुँदै जान्छ ।

– पाचन प्रणालीमा असर गर्छ । किनभने मासुजन्य पदार्थ पचाउनका लागि हाम्रो पाचन प्रणालीले धेरै सास्ती व्यहोर्नुपर्छ ।

– मासुसँगै हामी धेरै हानिकारक जीवाणु शरीरभित्र प्रवेश गराइरहेका हुन्छौं ।

– मासु तामासिक भोजन हो, यसले हाम्रो आवेग, क्रोध, रिस, उत्तेजना बढाउँछ ।

– मासुमा मरमसला बढी प्रयोग गरिन्छ, यसले पाचन यन्त्रलाई कमजोर बनाउँछ ।

– मांसाहारी भोजन गर्दा निरिह र निर्दोश पशु मारिन्छ ।

शाकाहार भोजन नै किन ?

प्रकृतिले हाम्रो शरीरका लागि आवश्यक सबै पोषक तत्व प्राप्त हुनेगरी अन्न, गेडागुडी, सागपात, फलफूल, कन्दमुल दिएको छ । यि खाद्यपदार्थहरु त्यही बेला धर्तीमा फल्छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । प्राकृतिक रुपमा उब्जनी भएको यी खाद्यपदार्थमा पर्याप्त पोषक तत्व हुनका साथै सुपाच्य पनि हुन्छ, जो हाम्रो शरीरले सजिलै पचाउँछ । जब पाचन यन्त्र चुस्त हुन्छ, खाएको कुराहरु पचाउने क्षमता हुन्छ, तब हाम्रो शरीर उर्जावान् हुन्छ ।

मांसाहारको तुलनामा शाकाहार व्यक्ति निरोगी, स्वस्थ्य, फुर्तिलो हुन्छ । उनीहरु मधुमेह, युरिक एसिड, उच्च रक्तचाप जस्ता दीर्घ रोगहरुको जोखिममा हुँदैनन् ।

के, किन खाने ?

– सब्जीमा भरपुर मिनरल्स हुन्छ । गाजर, मुला, कांक्रालाई सलादको रुपमा पनि सेवन गर्न सकिन्छ ।

– फलमा भिटामिन र अन्य पोषक तत्व रहेको हुन्छ । नासपाती, केरा, सुन्तला, स्याउ, अंगुर, जस्ता मौसमी खानेकुरा सेवन गर्न सकिन्छ ।

– शाकाहारी व्यक्तिले ड्राइ फुड्सको सेवनबाट पनि उचित मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छन् । बदाम, काजु, किसमिस, ओखर आदिमा भिटामिन, पोटासियम, फाइबर, क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

– दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । आफ्नो दैनिक भोजनमा दाल सामेल गर्न सकिन्छ ।

– हरियो सब्जी नियमित प्रयोग गर्नुपर्छ, यसमा फोलिक एसिड भरपुर मात्रामा पाइन्छ, जसले शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । यसबाट क्याल्सियम, मिनरल्स पनि मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment