+
+
Shares

बेलायतमा नेपालीले पृथ्वी अवार्ड आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १ गते ११:०५


१६ जुलाई, लन्डन । आरके सुवेदीले ‘पृथ्वी परिक्रमा अवार्ड २०७४’ बेलायतमा गर्ने भएका छन् ।

बक्स अफिस इन्टरनेसनल ग्रुप र बेलायतमै बस्दै आएका नेप्लिज आर्टिस एसुसेसन युकेका पूर्व महासचिव सुरेन्ऽप्रसाद श्रेष्ठको संयोजकत्वमा कार्यक्रम हुने भएको छ ।

विदेशमा बसेर देशको कला, संस्कृत र सामाजिक विकासको लागि योगदान गर्ने ५१ जनालाई आगामी नोभेम्बरमा लन्डनमा आयोजना हुने ‘पृथ्वी परिक्रमा अवार्ड’द्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।

काठमाडौं रेस्टुरेन्ट नर्थफिल्ड लन्डनमा आयोजित एक पत्रकार सम्मेलनमा सुवेदी र श्रेष्ठकावीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

क्यानाडा, बेल्जियम, अस्ट्रेलिया र थाइल्यान्ड गरी आर्थिक बर्ष २०७४ मा ६ मुलुकमा परिक्रमा अवार्ड सम्पन्न गर्ने आयोजक संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?