जब यौनको प्रसंग आउँछ, हाम्रो समाज ‘लज्जावती झार’ झै खुम्चन्छ । यौनको प्रसंग उप्काउनसाथ कतिको गाला रातो हुन्छ, कतिको नाख खुम्चन्छ । यहि कारण हो, समाजमा यौनबारे भ्रम र द्विविधा पैदा भएको ।
जब बच्चा हुर्कदै जान्छ, स्वभाविक रुपमा यौन-जिज्ञासा उठ्छ । तर, लाज र डरको कारण उनीहरु यस्तो जिज्ञासा मेट्न पाउँदैनन् । यसबाट उनीहरु मानसिक रुपमा पनि बोझिलो हुनुपर्छ ।
वास्तवमा छोराछोरीलाई यौनको बारेमा अभिभावकले नै उचित परामर्श तथा ज्ञान दिनुपर्छ । परिवारका सदस्य जो, उनीहरुको निकट छन् उसैले यस्तो ज्ञान साझेदार गर्न सक्छन् । कसरी दिने त यौन शिक्षा ?
लाज महसुष नहोस्
किशोरवयमा पुगेका आफ्ना छोराछोरीसँग तपाईले यौन सम्वन्धी जानकारी साझेदार गर्नैपर्छ । तर ख्याल राख्नुपर्ने कुरा के भने, जब यस प्रकारको कुराकानी हुन्छ त्यस बखत छोराछोरीले लाज महसुष नगरोस् । आदर्श रुपमा यसलाई साझेदार गर्नुहोस् ।
स्पष्ट कुरा नगरौं
अक्सर आमाबुवा छोराछोरीसँग घुमाइफिराई यस्तो कुरा गरिरहेका हुन्छन् । यसले उनीहरुमा थप भ्रम पैदा गर्छ । आफुले जे कुरा भन्न खोजेको हो, त्यो स्पष्ट रुपमा भन्नुपर्छ ।
उपदेश चाहिदैन
उपदेश दिने होइन । बरु, ब्यवहारिक जानकारी दिनुपर्छ । बच्चाको मनोविज्ञान अनुसार आफुलाई प्रस्तुत गरौं ।
यौन सुरक्षाको कुरा
किशोर-मनमा उठ्ने यौन जिज्ञासबारे छलफल गरेसँगै यौनसम्बन्धि सुरक्षाको कुरा पनि गर्नुपर्छ । असुरक्षित सम्बन्धले निम्त्याउने समस्याबारे अवगत गराउनुपर्छ । उनलाई शान्त ढंगले गर्भ निरोधको बिभिन्न तरिका पनि शेयर गर्नुपर्छ ।
यौनको कुरा गर्न लजाएमा
तपाईले बच्चालाई यौनसम्बन्धि कुरा गर्न सक्नुभएन वा सो कुरामा बच्चाले अप्ठ्यारो महसुष गर्न सक्छ । यस्तो अवस्थामा तपाईले प्रोफेसनल परामर्शदाताको सहयोग लिनु उचित हुन्छ ।
दोहोरो संबाद
जब यौनको बिषयमा कुरा गनुर्ृ हुन्छ, आफुमात्र एकोहोरो नबोल्नुहोस् । अन्र्तसंबाद गर्नुहोस् । बच्चाको धारणा र सोचाईलाई राम्ररी सुन्नुहोस् ।
प्रतिक्रिया 4