मकैको सिजन छ, जो स्वादिलो, स्वस्थ्यकर र सस्तो पनि छ । मकै सेवन गर्नुको अनेक लाभ छन् । यो भिटामिन, फाइबर, म्याग्नेशियम, पोटासियम, भिटामिन-बि, एन्टिअक्सिडेन्ट र ल्यूटेन जस्ता पोषक तत्वको स्रोत हो ।
मकै उसिनेर, पोलेर खाने गरिन्छ । उसिनेको मकै सर्बोत्तम हो । मकै खानुको फाइदा यस्ता छन् ।
पाचन क्रियाका लागि
मकैमा फाइबर पाइन्छ, जो कब्जियत वा पेट सम्बन्धि कुनैपनि समस्याका निदानका लागि उपयोगी हुन्छ । यसले डाइरिया, कोलन क्यान्सर जस्ता रोगबाट पनि बचाउँछ । यसको घुलनशिल फाइबरले कोलोस्ट्रोल अवशोषण रोक्न सहयोग गर्छ ।
एनिमियामा
शरीरकमा आयरन कमी भएर एनिमिया हुन्छ । मके आइरनको एकदमै राम्रो स्रोत हो । यतिसम्म कि, उसिनेको मकै तपाईको डाइटमा सामेल गर्दा त्यसले आइरनको कमी पुरा गर्छ । साथसाथै, यसले एनिमियाको संभावना पनि कम गर्छ ।
शक्ति प्रदान गर्छ
कार्बोहाइड्रेड शक्तिको स्रोत हो । मकैमा कार्बोहाइड्रेड प्रचुर मात्रामा हुन्छ, जसले शरीरलाई भरपुर मात्रामा शक्ति दिन्छ ।
कोलोस्ट्रोल कम गर्छ
अहिले कोलोस्ट्रोलको समस्या आम भइसकेको छ । मकैमा भिटामिन सि, बायोफ्लेभोनायड, क्यारोटेनायड र फाइबर हुन्छ, जसले कोलोस्ट्रोल कम गरेर धमिनीमा हुने ब्लकलाई रोक्छ । यसरी मकैले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।
उच्च रक्तचाप कम गर्छ
मकै भिटामिन बिको एक राम्रो स्रोत हो, जसमा पान्टोफेनिक एसिड हुन्छ । यो कार्बोहायड्रेट, लिपिड र प्रोटीन ग्रहण गर्नका लागि सहयोग गर्छ । यसमा रहेको फेनोलिक फाइटोकेमिकल्सले उच्च रक्तचापबाट बचाउँछ ।
मधुमेह नियन्त्रण
मकैमा पाइने फाइबरले रगतमा ग्लुकोज जारी हुने क्रियालाई धिमा गरिदिन्छ र ब्लड शुगर लेभल सामान्य बनाइदिन्छ । नियमित रुपले मकाइ खानाले नन इन्सुलिन डिपेन्डेन्ट डाइबिटीजको प्रवन्धनमा सहयोग गर्छ ।
क्यान्सरको खतरा कम गर्छ
मकैमा जुन एन्टि अक्सिडेन्ट र फलेवानायड हुन्छ, त्यसले क्यान्सरको संभावनालाई केहि हदसम्म रोक्न सहयोग गर्छ । एन्टिअक्सिडेन्टको गुण फ्रि रेडिकल्सबाट हुने क्षतिलाई रोक्छ । मकैमा फेरुलिक एसिड हुन्छ, जसले छाती र कलेजोको ट्युमरको साइज कम गर्न सहयोग गर्छ ।
यसरी बनाउनुहोस् स्वादिलो पटपटे मकै रोल
मकै रोल तथा चटपटे मकै रोल स्वादिलो र स्वस्थ्यवर्द्धक परिकार हो । यो परिकार बनाउन गाह्रो छैन र खर्चालु पनि । यसमा धेरै सामग्री पनि आवश्यक हुँदैन ।
सामग्री
मकै- २ घोगा
ब्रेड स्लाइस- १० पिस
नरिवल-
हरियो खुर्सानी- २ वटा काटेको
प्याज- १ वटा काटेका
गोलभेडा- १ वटा काटेको
गरम मसला- १ चम्चा
हरियो धनिया- काटेको
नुन- स्वादअनुसार
कसरी बनाउने ?
१. मकैको दाना निकालेर उसिन्ने । त्यसपछि हल्का पिस्ने ।
२. पिसेको मकैमा काटेको प्याज, गोलभेडा, हरियो खुर्सानी, नुन, गरम मसला, नरिवलको धुलो र अन्य सामग्री मिलाउने ।
३. अब ब्रेको छेउको भाग काटेर निकाल्नुहोस् । ब्रेडलाई पानीमा भिजाएर त्यसलाई दबाउनुहोस् ।
४. ब्रेडमा यसअघि तयार गरेको मकैको मिश्रालाई राखेर रोल गर्नुहोस् ।
५. कराहीमा तेल तताएर त्यसलाई राम्ररी फ्राइ गर्नुहोस् ।
यसरी तयार भएको चटपटे कर्न रोललाई सस वा अचारसँग सर्भ गर्न सकिन्छ ।
कसरी बनाउने मकै रोल
सामग्री
काचो मकैको दाना- २ कप
उसिनेको आलु- ३ वटा
अदुवा र लसुनको पेस्ट- २ चम्चा
हरियो खुर्सानी- केहि
नुन- स्वादअनुसार
हरियो धनिया- काटेको
कसरी बनाउने ?
१. हरियो मकैलाई पिस्नुहोस् ।
२. पिसेको मकैमा उसिनेको आलु राम्ररी मिलाउनुहोस् ।
३. त्यसमा अदुवा लसुनको पेस्ट, नुन, खुर्सानीको धुलो, जिराको धुलो मिसाउनुहोस् ।
४. अब यो मिश्रणलाई हातले स-साना डल्ला बनाउनुहोस् ।
५. कराहीमा तेल तताएर त्यसमा उक्त डल्लालाई तार्नुहोस् ।
यसलाई अचार एवं सससँग सर्भ गर्न सकिन्छ ।
प्रतिक्रिया 4