+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कस्ता व्यक्ति खुसी ? यसरी प्राप्त गर्न सकिन्छ खुसी र सुखी जीवन

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ४ गते ११:४४

हामी दिनमा धेरैजसो खुसी हुन्छौ कि दुखी ?
कामको चाप, महत्वकांक्षा, प्रतिस्पर्धा, समस्या, पीडा, तनाव जस्ता कुराले हामीलाई दुखी तुल्याइरहेको हुन्छ । चाहेर पनि हामी खुसी हुन सकिरहेका हुँदैनौ । खुसी आफैमा दुर्लभ वा महंगो चिज होइन । यो प्रकृतिले दिएको निशुल्क उपहार हो । तर, यति सजिलै र सित्तैमा पाइने ‘खुसी’ पनि हामीसँग छैन । के कारणले होला ?

यसको जिम्मेवार हामी स्वंम हौ । विभिन्न अध्ययनले पनि यस्तै भन्छ । खासगरी हाम्रो प्रवृत्ति, व्यवहार, सोच्ने तौर तरिकामा नै यो कुरा निर्भर रहन्छ । अर्थात खुसी हुनु र नहुनुमा बाह्य भन्दा पनि हाम्रो आन्तरिक कारण नै मूख्य हो ।

उदार व्यक्ति बढी खुसी

एक अध्ययनबाट थाहा भएको छ, ‘जो व्यक्ति उदार हुन्छन्, उनीहरु बढी खुसी हुन्छन् ।’ अध्ययनको क्रममा के तथ्य बाहिर आयो भने, उदार हुँदा हाम्रो मस्तिष्कमा परिवर्तन हुन्छ, जसले हामीलाई सुखद अनुभूत गराउँछ ।

खासगरी निष्कपट व्यक्ति, जो आफ्नो आवश्यक्ता र प्रगतिमा केन्दि्रत हुन्छन् । अरुको प्रगतिमा बेचैन हुँदैनन् । इष्र्या गर्दैनन् । लोभ र मोह हुँदैन । हरेक कुरामा खुलस्त हुने व्यक्ति नै सुखी हुन्छन् । साथै यस्ता व्यक्तिहरु अरुको सहयोग गर्नमा आनन्द अनुभूत गर्छन् ।

कस्तो व्यक्तिको मस्तिष्कमा यस्तो भावना संचारित हुन्छ ?

स्विजरल्यान्डस्थित ‘युनिभर्सिटी अफ ज्यूरिख’का शोधकर्ताले परीक्षण गरेका थिए, ‘कस्ता व्यक्तिको मस्तिष्कमा यस्तो भावना संचारित हुन्छ ?’

अर्काप्रति उदार भाव राख्ने व्यक्तिहरुमा यस्तो भावना संचारित हुन्छ । आफ्नो स्वार्थमा केन्दि्रत हुने व्यक्तिहरुमा यस्तो हुँदैन । भनिएको छ, ‘खुसी प्राप्तका लागि आत्म-त्यागको आवश्यक्ता छैन, केवल आफुलाई थोरै उदार बनाउनुहोस् ।’

जब आफ्नो कारणले अर्को व्यक्ति खुसी हुन्छन्, सन्तुष्ट हुन्छन्, कृतज्ञ हुन्छन् । तब आफुलाई पनि खुसी मिल्ने हो । अरुलाई खुसी तुल्याउन खोज्नेहरु सधै आफुपनि खुसी हुन्छन् । यो अध्ययन ‘नेचर कम्यूनिकेशन्स’ नामक पत्रिकामा छापिएको छ ।

मनस्थिती बदल्नु हुन्न

अक्सर हामी वाहिरी वातावरण, घर व्यवहार, रोजगार, साथीभाई, आफन्त आदिको कारण दुखी हुन्छौ । अर्थात यस्तै कुराले हाम्रो खुसी गायब बनाइदिन्छ । भनिन्छ, ‘चाहे परिस्थिती जस्तोसुकै होस्, मनस्थिती बदल्नु हुन्न ।’ अर्थात् वाह्य परिस्थिती प्रतिकुल हुँदैमा दुखी, खिन्न हुनु आवश्यक छैन । किनभने हामीलाई कुनै समस्या भयो, प्रतिकुल अवस्था पैदा भयो भने दुखी भइन्छ । तर, दुखी हुँदैमा त्यसको समाधान भने हुँदैन । त्यसैले दुखी हुनुको कुनै अर्थ छैन ।

खुसीको स्रोत हामी आफैभित्र

हामी जे-जति काम गर्छौ, त्यसबाट प्राप्त गर्ने खुसी एवं सन्तुष्ट नै हो । चाहे राजनीति गरौ, चाहे व्यापार गरौ, चाहे धर्मकर्म गरौ, चाहे सेवा गरौ, चाहे उद्यम गरौ, ति सबैबाट खुसी प्राप्त गर्न खोजिरहेका हुन्छौ ।

खुसी हुने इच्छा हुने इच्छा स्वभाविक हो, किनभने यहि हाम्रो मूल प्रकृति हो । जब हामी बच्चा थियौ, त्यसबेला त्यसैपनि खुसी थियौं । त्यो हाम्रो प्रकृति थियो । खुसी अन्यत्रबाट मिल्ने होइन । धन दौलतले पनि खरिद गर्न सकिने होइन । किनभने यो हामी आफैभित्र छ । अर्थात खुसीको स्रोत आफैभित्र छ ।

आफ्नो काममा रमाउन सिकौ

एउटा भनाई छ, ‘यदि तिमी एक क्षणका लागि खुसी हुन चाहन्छौ भने, मिष्ठान्न खानेकुरा सेवन गर । एक दिनका लागि खुसी हुन चाहन्छौ भने बनभोज जाऊ । एक महिनाको लागि खुसी हुन चाहन्छौ भने, बिहे गर । र, जिन्दगीभर खुसी हुन चाहन्छौ भने आफ्नो कामलाई प्रेम गर्न सिक ।’

खुसी रहने टिप्स

– सकारात्मक सोच्नुहोस् । नकारात्मकताले मन र शरीरमा विपरीत प्रभाव पर्छ ।

– सधै हाँस्ने गर्नुहोस् । उदास वा चिन्ताग्रस्त देखिनबाट बच्नुहोस् ।

– हरेक व्यक्तिको जीवनमा उतार चढाव आउँछ । यद्यपी आफ्नो मनोबल उच्च राख्नुहोस् ।

– परिस्थिती प्रतिकुल भएको अवस्थमा यस्तो पुस्तक पढ्नुहोस्, यस्तो फिल्म हेर्नुहोस्, जसमा संघर्ष र सफलताको कथा छ ।

– कामलाई प्रेम गर्नुहोस् । आफ्नो काममा रमाउने अभ्यास गर्नुहोस् ।

– अरु व्यक्तिको राम्रो गुण अनुसरण गर्नुहोस् ।

– हरेक रात सुत्नुअघि दिनभरको कामको समीक्षा गरेर अर्को दिन त्यसलाई थप राम्रो एवं नतिजामुखी बनाउने प्रयास गर्नुहोस् ।

– असल एवं सकारात्मक साथीहरुको सर्कल बनाउनुहोस् ।

– अरुलाई दुख दिने, इष्र्या गर्ने भावना त्याग्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?