+
+
Shares

जनताले बैद्य, विप्लव र बाबुरामसँग मिल्नुको विकल्प छैन भन्ने सन्देश दिए : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ४ गते १५:१८

४ साउन, ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीहरुको एकता अनिवार्य भएको बताएका छन् ।

स्थानीय तहको चुनावको नतिजा अनुसार जनताले नै माओवादीहरु मिल्नुको विकल्पन नभएको सन्देश दिएको भन्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘साथीहरु माओवादी आन्दोलनबाट विभाजित भएर जानुभयो । तर, कसैले पनि फुटको औचित्य पुष्टी गर्न सक्नुभएन, जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको बिकल्प छैन भन्ने सन्देश दिएर पठाएका छन्,’ प्रचण्डले भने,’अब सबै माओवादी एक हुनुको बिकल्प छैन । अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपील गर्दैछौं । यसले एकताको वातावरण बनाउँछ भन्ने मेरो विश्वास छ ।’

ललितपुरको थासीखेलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तह चुनावमा माओवादी केन्द्रले अपेक्षित नतिजा ल्याउन नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने समेत बताएका छन् ।

‘देश माओवादीकै एजेण्डामा चलिरहेको छ । माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम पनि गर्यो,’ प्रचण्डले भने, ‘तर, निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौं । त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौं ।’

अध्यक्ष प्रचण्डले संगठन बनाउनु नसक्नु र जनतालाई बुझाउन नसक्नुको कारण्को समिक्षा गरे मात्रै पार्टी बन्ने बताए ।

संगठन बिनाको माओवादीको औचित्य नहुनेमा जोड दिँदै अध्यक्ष प्रचण्डले संगठन बिना चुनाव नजितिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?