४ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माको निर्देशन पछि डीएसपी सन्जिव शर्मा दास पदबाट निलम्बित भएका छन् । बुधबार प्रहरी मुख्यालयले दासलाई निलम्बन गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।
पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप डीएसपी शर्मालाई लागेको छ ।
प्रहरी हेडक्वार्टरले एसपीमा बढुवाका लागि दासलाई पनि सिफारिस गरेको थियो तर, गृहमन्त्री शर्माले त्यसलाई रोक्न र निलम्बन गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।
मध्य क्षेत्रीय प्रहरी कार्यालयले कारवाहीको सिफारिस गरेका शर्मालाई बढुवा सिफारिस गरेको विषय अनलाइनखबरले सार्वजनिक गरेपछि यो प्रकरणमा गृहमन्त्री शर्माले चासो दिएका थिए ।
सम्बन्धित अरू समाचारहरू पढ्नुस्
कारवाही गर्नुपर्ने डीएसपीलाई एसपी बनाउन हेडक्वार्टरको सिफारिस
ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे !
सुन्तलीले न्याय पाइन्, बलात्कारपछि हत्या गर्ने अभियुक्त ५ वर्षपछि अण्डमान टापुमा समातिए
डिल्लीमायालाई छोरीले सपनामा भन्थिन्–आमा ! मलाई न्याय दिलाऊ है (भिडियोसहित)
प्रतिक्रिया 4