Comments Add Comment

श्रद्धाका कारण साहरुख र काजोलको फिल्मको शो रद्द


नयाँ चलचित्र रिलिज हुन लागेको वा कुनै नायक नायिकाले नयाँ चलचित्रमा काम गरेको समाचार पत्रिका, टेलिभिजन र अनलाइनहरुमा सार्वजनिक हुने गर्छ ।

तर, २२ वर्षमा पहिलो पटक कुनै चलचित्रको एक शो रद्द भएको समाचार बिरलै आउँछ । यस्तै भएको छ मुम्बईको ‘मराठा मन्दिर’ सिनेमा घरमा । जहाँ २२ वर्षदेखि साहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’ (डीडीएलजे) प्रदर्शन भइरहेको छ । तर, नायिका श्रद्धा कपुरको नयाँ चलचित्रको कारण साहरुख-काजोलको यो चलचित्रको एक शो रद्द भएको छ ।

सिनेमा हलका कार्यकारी निर्देशक मनोज देसाइका अनुसार ‘हसिना पारकर’का निर्माताले चलचित्रको ट्रेलर लञ्च मराठा मन्दिरमै गर्न चाहेकाले एक शो रद्ध गर्न परेको हो । मराठा मन्दिरले एक शो क्यान्सिल हुने जानकारी दर्शकलाई दिइसकेको थियो ।

कार्यक्रम सकिएपछि पुनः नियमित रुपमा साहरुख-काजोलकै चलचित्र हलमा चलाइएको छ । उक्त हल भारतकै सबै भन्दा सस्तो हलको रुपमा चिनिन्छ । उक्त हलमा अहिले पनि १५ र २० रुपैयाँ टिकट पाइन्छ । ‘हसिना पारकर’मा श्रद्धाले ग्याङस्टार दाउद इब्राहिमकी बहिनी हसीना पारकरको भुमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment