+
+
Shares

प्रचण्डले भने- माओवादी एकैचोटी पहिलो हुन पनि बेर छैन

'अन्धराष्ट्रवाद र अवसरवादको बोलवाला छ'

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ९ गते १९:५९

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताले माओवादी पार्टीहरुको एकताका लागि पहल गर्ने जनादेश आफ्नो पार्टीलाई दिएको बताएका छन् । साथै उनले पार्टी एकतामा आउन पूर्व सहकर्मीहरुलाई आहृवान गरे ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादीहरुको एकतामा जोड दिएका हुन् । पार्टी बैठकले समेत एकताका लागि आहृवान गरेको भन्दै उनले भने, ‘अब पनि बाहिर बस्नु भनेको राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलनप्रति नै घात हुन्छ ।’

उनले अघि भने, ‘अब सँगै बसौं, समिक्षा गरौं र बाँकी दिनको खाका पनि सँगै कोरौं ।’

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले एकताका लागि आहृवान गरेपछि वैद्य माओवादी, नयाँ शक्ति र विप्लव समूहमा पनि सकारात्मक बहस सुरु भएको दाबी समेत गरे ।

उनले मुलुकमा अहिले अन्धराष्ट्रवाद, संशोधनवाद र अवसरवादको बोलवाला रहेको बताए । चुनावी परीणामले पनि त्यही देखाएको भन्दै प्रचण्डले माओवादी एक हुने र संकल्प गरेर जनतामा जाने हो भने देशको नेतृत्व लिन सक्ने आधार विद्यमान रहेको बताए ।

मुलुकमा विद्यामान पार्टीहरुमा धेरै कार्यकर्ता माओवादीकै रहेको भन्दै प्रचण्डले अब नेतातिर होइन, जनतातिर फर्कनु पर्ने बताए । स्थानीय चुनाव जितेकालाई गरेर देखाउनु पर्ने र हार्नेलाई मेहनत नगरेर हो भन्ने परेको भन्दै उनले अघि भने, ‘माथिबाट हामी आफैं पनि खटेर जान सकियो भने मैले के देख्छु भने केही समयभित्रै जति छिट्टै पहिलो संविधानसभामा पहिलो पार्टी भयौं र दोस्रोमा आउँदा तेस्रो भयौं । माओवादी विशेषता अनुसार एकैचोटी पहिलो हुन पनि बेर छैन ।’

उनले यसो भन्दा हलमा सहभागी नेता कार्यकर्ताबीच भने हाँसोको फोहोरा छुटेको थियो ।

तर, प्रचण्ड रोकिएनन् । माओवादीमा विस्तार विस्तारै भन्ने नहुने भन्दै उनले भने, फुट्दा पनि लगातार फुट्ने र जुट्दा पनि १० वटा पार्टी जुटेर संकेत देखाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?