१३ साउन, काठमाडौं । यसवर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको छ । ११० वर्षको इतिहासमा चौथो पटक रक्षाबन्धन पर्व यसपालि नागपञ्चमीकै दिन परेको हो ।
साउन २३ गते सोमबार श्रावण शुक्ल पूणिर्मा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण १३ गते नागपञ्चमीकै दिन गरिएको हो । नागपञ्चमी र रक्षाबन्धन एकैदिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि वि.सं.२०४७ सालमा यस्तै परेको थियो ।
पशुपति क्षेत्रमा रहेको नेपाल वेद विद्याश्रमका विद्यार्थीहरुले पनि जनैपूणिर्मा मनाएका छन् । त्यहाँ अध्ययनरत विद्यार्थीहरुले जनैपूणिर्मका दिन उपाकर्म गर्ने प्रचलन छ । ‘वर्षदिन भरी गरेका काममा जान अन्जानमा गल्ती भएका हुन्छन्’ प्रचार्य केशव अधिकारीले भने, ‘आज उपकर्म गरेपछि भोलिबाट बेद अध्ययन गर्न तयार भइन्छ ।’
वेद विद्याश्रममा कक्षा ४ देखि १० सम्म संस्कृतिसहित सरकारले तोकेको पाठ्यक्रममा पठनपाठन हुन्छ । साना उमेरका भएपनि उनीहरु पण्डित पनि हुन् ।
प्रतिक्रिया 4