Comments Add Comment

नाक, कान घाँटीका क्यान्सर रोगी बढ्दै

१५ साउन, चितवन । नेपालमा हरेक वर्ष नाक, कान र घाँटीको क्यान्सर रोगी बढ्दै गएको पाइएको छ ।

‘हेड एण्ड नेक’ क्यान्सर दिवसका अवसरमा भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पताललका चिकित्सकहरूले दिएको जानकारी अनुसार अस्पतालमा प्रति वर्ष ७ सय भन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी पत्ता लाग्ने गरेका छन् ।

५ बर्षअघि वार्षिकक ३ सय जना बिरामीहरु उपचारका लागि आउने गरेका थिए । नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको पाइन्छ तर, सर्जरी नै गर्नुपर्ने अवस्था बढी मात्रामा यही क्यान्सर लागेका बिरामीहरूको हुन्छ ।

अस्पतालका नाक, कान, घाँटी रोग विभागका विभागीय प्रमुख डा.देजकुमार गौतमले नाक, कान, र घाँटीको क्यान्सरको पहिचान सुरुमै भए, बिरामी पनि बाँच्ने र पैसा पनि कम खर्च हुने बताए ।

उनले भने ‘रोग पत्ता लागेर चाँडो उपचार गर्न सके ५ हजारमै निको हुन्छ ।’ सामान्यतया ३० देखि ५० वर्षका मानिसमा नाक, कान, घाँटीको क्यान्सर देखापर्ने गरेको छ ।

तर, पछिल्ला बर्षहरुमा २२ वर्षकै उमेरमा समेत यो रोग देखा परेको डा. गौतमले जानकारी दिए । नेपालमा करीव १ लाख मानिसमा नाक, कान, घाँटीको क्यान्सर लागेको अनुमानित तथ्याङक छ ।

चुरोट, तमाखु, बिडी, गुट्खा, पान पराग, रक्सी सेवन आदिका कारणले नाक, कान, घाँटीको क्यान्सर हुने गरेको छ भने, बंषाणुगत कारणबाट पनि हुने गर्दछ ।

विश्वमा महिलाको तुलनामा पुरुषमा यस्तो क्यान्सर बढी पाइएको छ । पुरुषले बढी धूम्रपान तथा मद्यपान गर्ने भएकाले यस्तो भएको हो ।

घाँटीको क्यान्सर पुरुषमा नै बढी देखापरेको छ । यस्तो क्यान्सर लागेको मानिसको बोलाइको तालमा फरक हुन्छ । त्यसले बोल्ने र आवाज निकाल्ने अंगमा असर पार्छ ।

मुखको क्यान्सरमा मुखमा आएको घाउ लामो समयसम्म निको नहुनु, मुखमा अल्सर आउनु, मुख वा जिब्रोमा मासु पलाउनु, दाग-धब्बा आउने जस्ता लक्षण देखिने डा. गौत्तमले बताए ।

यस्तै, घाँटीको क्यान्सरको लक्षणमा आवाज धोऽो हुने, सास फेर्न गाह्रो हुने, खाना निल्न गाह्रो हुने घाँटी सुन्निनु वा डल्लो ग्लान्ड आउने र कानको क्यान्सरको लक्षणमा कान डम्म हुने, कानबाट रगत आउने र कान नसुन्ने लक्षणहरु देखिने क्यान्सर अस्पताल भरतपुरका विभागयिग प्रमुख डा. देजकुमार गौतमले जानकारी दिए । यसबारे जनचेतना जगाउन सरकारले ठूला मास मिडियाहरुको प्रयोग गर्नुपर्ने डा. गौतमले बताए ।

सर्जरी तथा रेडियोथेरापीबाट यसको उपचार गर्न सकिने चिकित्सकहरुले बताएका छन् । कतिपय अवस्थामा केमोथोरापीको पनि आवश्यकता पर्छ । समयमै अर्थात् सुरुवातको अवस्थामा थाहा पाए क्यान्सर रोगको उपचार सर्जरीबाट सम्भव हुन्छ उपचारपछि पनि नियमित चेकअप गराउनुपर्छ ।

विश्वमा क्यान्सरहरूको र्‍याकिङमा नाक, कान, घाँटीको क्यान्सर तेस्रो नम्वरमा पर्दछ । भरतपुरको वीपी कोइराला क्यान्सर अस्पतालमा ४ जना नेपाली सर्जन र २ जना चिनियाँ सर्जनको टिम कार्यरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment