+
+

राजपा नेताले भने-संशोधन पास-फेल जे भएपनि निर्वाचनमा जान तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते १४:१०

१५ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माग गरेका छन् ।

संशोधन प्रस्ताव निर्णयार्थ पेश गरे आफूहरु खेलको नियम मान्न तयार रहेको समेत स्पष्ट पारे । उनले भने, ‘संशोधन प्रस्ताव तत्काल भोटिङमा लैजानुपर्छ, हामी परिणाम स्विकार गर्न तयार छौं ।’

यद्यपि संशोधन पास गर्न चाहिने दुई तिहाई बहुमत पुर्‍याउन सरकारले गम्भिर पहल गर्नुपर्ने धारणा राखे । एक वर्षसम्म सरकारले सविधान संशोधन गर्छु भनेर झुक्याएको भन्दै यादवले भने ‘सत्ताका लागि ३८८ संख्या पुर्‍याउन सक्ने, अनि दुई तिहाई पुर्याउन किन पहल नगरेको ? सरकारले अब गम्भीर भएर आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’

सरकारले आफूहरुसँग झुटो बोलेको गुनासो पोख्दै भने, ‘अब पनि झुटो नबोल्नुहोस्, नझुक्याउनुहोस, अहिले प्रस्ताव पास हुने स्थिति छ, सकेसम्म पारित गराऊ, होइन भनेर खेलको नियम मानेर हामी चुनावमा जान तयार छौं ।’

राजपा नेता यादवले राजपा चुनावमा सहभागी हुनका लागि सरकारले तत्काल संशोधन प्रस्ताव अघि बढाउनुपर्ने, राजनीतिक मुद्दाहरु फिर्ता लिनुपर्ने, शहीद घोषणा गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप गर्नुपर्ने बताएका छन् ।

आफूहरुलाई चुनाव बाहिर राख्ने षडयन्त्र भइरहेको भन्दै उनले मुलुकमा नयाँ द्धन्द्ध सिर्जना हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?