+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
74/2 (10.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

राजपाले चाहे मात्र संशोधन निर्णयार्थ पेश हुन्छः प्रचण्ड

वीरेन्द्र रमण  वीरेन्द्र रमण
२०७४ साउन १७ गते १७:२३
फाइल तस्वीर

१७ साउन, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजपाले चाहे मात्र संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश हुने बताएका छन् । साथै उनले असोज २ को चुनाव कुनै हालतमा नसर्ने दाबी गरे ।

जनकपुरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आसन्न चुनावमा राजपा पनि सहभागी हुने विश्वास व्यक्त गरे । तर, राजपा नआएपनि चुनाव हुने उनले बताए ।

आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन विधेयक पास गराउने प्रयास गरेको तर सम्भव नभएको उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘राजपाले चाहे संशोधन निणयार्थ पेश हुन्छ, नभए कुनै अर्थ छैन ।’

मधेस छुट्टै देश हुनुपर्छ भन्ने र पहाडे राष्ट्रवाद दुबै अतिवादी सोच भएको भन्दै उनले आफूहरु त्यसविरुद्ध रहेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले जनकपुरलाई महानगर बनाउन पहल गर्ने आश्वासन दिए । साथै मण्डपहरुलाई पुरानै स्वरुपमा फर्काएर पर्यटकीय नगरी बनाउने र स्याटलाइट सिटीका रुपमा विकास गर्ने उनले दाबी गरे ।

उनले जनकपुर विमानस्थलाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?