+
+

रुपन्देही राजपामा विवाद : आफूखुसी अध्यक्ष मण्डलको संयोजक घोषणा

सलमान खान सलमान खान
२०७४ साउन १७ गते १९:०६

१७ साउन, भैरहवा । राष्ट्रिय जनता पार्टी नेपालको जिल्ला कार्य समिति रुपन्देहीमा विवाद उत्पन्न भएको छ ।

राजपामा आवद्ध तत्कालीन सदभावना पार्टी पक्षका नेताहरुले केन्द्रीय नेता सर्वेन्द्रनाथ शुक्लाले पार्टी नीति विपरीत कार्य गरेको भन्दै कार्वाहीको लागि सिफारिससंगै जिल्ला अध्यक्ष मण्डलको संयोजक परिवर्तन गरेपश्चात राजपामा विवाद उत्पन्न भएको हो ।

सद्भावनाका पक्षका नेताहरुले जिल्ला संयोजक रहेका अजय वर्मा (तत्कालीन तमलोपाका जिल्ला अध्यक्ष) लाई हटाएर देवमणि त्रिपाठी पाण्डे -शरत सिंह भण्डारीको तत्कालीन राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष) लाई जिल्ला संयोजक बनाएपछि तमलोपा पक्षका नेताहरुले मंगलबार पत्रकार सम्मेलन गरेर राजपाको जिल्ला संयोजक अजय वर्मा नै यथावत रहेको दावी गरेको छन् ।

यो सँगै जिल्लामा अध्यक्ष मण्डलको दुई जना जिल्ला संयोजक भएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा नेता अजय वर्माले केही व्यक्तिहरुले राजपाको बदनाम गरिरहेको भन्दै नेताद्धय शुक्ला माथि लगाइएको आरोप निराधर भएको दावी गरे । ‘नेता शुक्लाले स्थानीय चुनावमा उम्मेदवार उठाएर उम्मेदवारलाई सघाएको भन्ने आरोप लगाइएको छ,’ उनले भने,’ त्यो सरासर गलत हो । जसले आरोप लगाएको छ, प्रमाण छ भने जिल्ला कार्य समितिमा पेश गर्नुस । उनी माथि कार्वाहीको लागि हामीले केन्द्रमा सिफारिस गर्छौ ।’

जिल्लामा पार्टी फुटको संघारमा रहेको भन्ने प्रश्नमा भने अहिले पार्टी एक ढिक्का रहेको तर, यही अवस्था आए दुई खेमा देखिने बताए ।

त्यस्तै राजपाका अध्यक्ष मण्डलका अध्यक्ष श्रीनिवास यादवले जिल्ला संयोजक र आफूलाई केही जानकारी नगराई केही व्यक्तिहरु मात्र बैठक बसेर नेतालाई कार्वाहीको लागि सिफारिस गर्ने अधिकार नभएको बताए ।

उनले जिल्लामा पार्टी एक ढिक्का रहेको र पार्टीलाई दुई खेमा हुन नदिने बताए ।

यता राजपाका केन्द्रीय उपाध्यक्ष ओमप्रका यादव (गुल्जारी) ले पार्टीको नीति व्यवस्था अनुसार प्रत्येक दुई महिना अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीमा परिवर्तन हुनुपर्ने भएकोले संयोजक परिवर्तन गरिएको र नेता शुक्ला लगायतका नेताहरुले पार्टीको नीति विपरीत कार्य गरेको कारण कार्वाहीको लागि सिफारिस गरिएको बताए ।

राजपाका दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम गर्दा दुवै पक्षले उक्त कार्यक्रमलाई राजपाको नभई ‘केही व्यक्तिहरुको’ मात्र कार्यक्रम रहेको भन्ने आरोपप्रत्यारोप लगाउने गरेका छन् ।

त्यस्तै मंगलबार भैरहवामा तमलोपा पक्षको नेताहरु बसेको बैठकले ३ बुँदे निर्णय गरेको छ । बैठकले जिल्ला संयोजक चयन नभए सम्म अजय वर्मालाई पुन संयोजक नै रहने निर्णय गरेको छ ।

पार्टीका नेताद्धय सर्वेन्द्रनाथ शुक्ला र हृदयश त्रिपाठी माथि लगाइएको आरोप झुठो रहेको र नेताद्धय ओमप्रकाश यादव र राजेन्द्र गुप्ता उपर कार्यवाहीको लागि माग गरेको छ ।

यस्तै राजपाको नाममा केही नेताहरुले बैठक बोलाउने र आपसी द्वन्द बढाउने खालका क्रियाकलापले पार्टीका छविलाई धुमिलो पारेको र नेताको पार्टी विरोधी गतिविधीलाई तत्काल अंकुल लगाउने माग गरेेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?