Comments Add Comment

१० जनाको क्षमता भएको कारागारमा ४७ जना


१९ साउन, जाजरकोट । जाजरकोट जिल्ला कारागारमा क्षमता भन्दा चौगुना बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

१० जना अट्ने क्षमता भएको कारागारमा अहिले ४७ जना कैदीबन्दीलार्य राख्नुपर्दा समस्या भएको हो ।

कारागार व्यवस्थापन विभाग, काराकार कार्यालय जाजरकोटका अनुसार २०७४ साल असार ३१ गतेसम्म ४७ जना पुरुष कैदीबन्दी रहेका छन् ।

जस मध्ये कर्तव्य ज्यानका १० जना कैदीबन्दी र ४ जना थुनुुवा, ज्यानमार्ने उद्योगका २ जना, जबरजस्तीकरणीका कैदीबन्दी ९ जना र थुनुवा ६ जना, नकावधारी चोरी मुद्दाका कैदी ६, बहुबिवाहका कैदी २, लागूऔषध (अफिम, चरेस) मुद्दामा कैदी ४ जना रहेका छन् ।

यस्तै सवारी ज्यान मुद्दामा थुनुवा १, केही सार्वजनिक अपराध मुद्दामा थुनुवा १, झुण्ड्याई कर्तव्य ज्यान मुद्दामा थुनुवा १, जडिबुटी ओसारपासार मुद्दामा कैदी १ गरी जम्मा ४७ जना कारागारमा रहेका छन् ।

कारागार कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख एवं जेलर तेजविक्रम शाहले बताए ।

२०५१ सालमा दुई कोठे कारागार भवन निर्माण गरिएको थियो । त्यसपछि कैदी र थुनुवा बढेपनि नयाँ भवन निर्माण नहुँदा व्यवस्थापन गर्न समस्या भएको कारागार कार्यालय जाजरकोटका निमित्त प्रमुख एवंम जेलर तेजविक्रम शाहले बताए ।

जिर्ण कारागार भवनमा क्षमता भन्दा धेरै कैदी र थुनुवा हुँदा सुरक्षामा समेत चुनौती देखिएको छ । कैदी बन्दीहरुले पनि आफूहरुलाई असहज भएको बताउने गरेका छन् ।

कैदीबन्दीले उत्पादन गरेका सामग्रीले बजार पाएनन्

जाजरकोटका कैदीबन्दीहरुले दैनिक उत्पादन गरेका सामग्रीहरुले बजार पाएको छैन । दैनिक कारागार भित्र बसेर मेहनत गरेर तयार पारेका झोला, नेपाली ढाका टोपी, जाले रुमाल, स्वीटर, लेस, मखलर, स्काप आदि बिक्री वितरण हुँन छोडेका हुन् ।

बजारमा रेडिमेट र कम मूल्यमा पाइने यस्ता सामग्रीहरुले गर्दा आफूहरुले उत्पादन गरेका सामग्री विक्री वितरण हुन छोडेको एक जना कैदीबन्दीले बताए ।

नरेश राना मगरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment