+
+

‘रोमिया एन्ड मुना’को तीज गीत रिलिज, श्रृष्टी र मेनुकामा कसको डान्स एक नम्बर ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २० गते ११:१४


यो बर्षको प्रेम दिवसको छेको पारेर रिलिज हुन लागेको चलचित्र ‘रोमियो एन्ड मुना’को तीज गीत सार्वजनिक भएको छ । तीज पर्व नजिकिदै गर्दा यसको निर्माण पक्षले ‘डानसमा म एक नम्बर’ बोलको गीतको भिडियो रिलिज गरेको हो ।

कोशिश क्षेत्रीको संगीत, दिनेश राउतको शब्द, कोशिश, मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वरमा समावेश यो गीतको भिडियोलाई गोविन्द राइले कोरियोग्राफी गरेका हुन् ।

यो गीतको छायांकन भेडेटारको नाम्चे गाउँमा गरिएको हो । भिडियोमा बसुन्धरा भुषाल, सुष्मा कार्की, श्रृष्टी श्रेष्ठ र मेनुका प्रधानलाई फिचरिङ गरिएको छ ।

नरेशकुमार केसीको निर्देशनमा तयार भएको यो चलचित्रमा विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ शिर्ष भूमिकामा देखिएका छन् । पी एमजी पिक्चर्स र भी मोसन पिक्चर्सको संयुक्त प्रस्तुतीमा तयार भएको यो चलचित्रमा प्रशन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?