Comments Add Comment

राती अबेर खाना खानुहुन्छ ? यस्तो समस्या भोग्नुपर्छ


खाना कस्तो खाने ? स्वास्थ्यको सवालमा यस्तो प्रश्न स्वभाविक रुपमा उठिरहेका हुन्छन् । शरीरलाई आवश्यक सवै पोषक तत्व भएको खानेकुरा खानुपर्छ भनिन्छ । खाना सुपाच्य, स्वस्थ्य हुनुपर्छ । तर, सन्तुलित, स्वस्थ्य खाना खाएर मात्र पुग्दैन । खाने समय पनि निश्चित तालिका अनुरुप हुनुपर्छ । स्वास्थ्यका लागि कस्तो खानेकुरा राम्रो भन्ने कुराले जति महत्व राख्छ, उत्तिनै कुनबेला खाने भन्ने कुराले पनि महत्व राख्छ ।

अक्सर हामी राती अबेर खाना खान्छौ । राती लामो समयसम्म काम गर्नुपर्ने अवस्थामा हाम्रो खानपानको तालिका विग्रन्छ । तर, राती अबेर खाना खाँदा स्वास्थ्यलाई अनेकन हानी पुग्छ ।

फुड एन्ड न्युटि्रशन विज्ञहरुका अनुसार रातीको खाना खाने र सुत्ने समयवीच ३ घण्टाको ग्याप हुनुपर्छ । खाना खानसाथ तुरुन्त सुत्दा शरीरले ठूलो भार व्यहोर्नुपर्छ ।

१. दिनहुँ राती अबेर खाना खाँदा शरीरमा कोलोस्टोर बढ्छ । यसले हृदय रोगको खतरा बढाउँछ ।

२. राती अबेर खाना खाँदा राम्ररी निन्द्रा पुग्दैन । यसले आफ्नो कार्य क्षमता घटाउँछ साथै तनाव पनि बढाउँछ ।

३. नियमित जसो राती अबेर खाना खाने बानीले उच्च रक्तचाप निम्त्याउन सक्छ ।

४. राती अबेर खाना खाएर तुरुन्त सुत्दा खाना बोसोमा बदलिन्छ । यसले मोटोपनको समस्या हुन्छ ।

५. राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसले ब्लड शुगर लेबल बढाउँछ । र, मधुमेह निम्त्याउन सक्छ ।

६. राती अबेर खना खाँदा खाना राम्ररी पच्न पाउँदैन । यसले गर्दा अपचको समस्या हुनसक्छ ।

७. राती खाना खाएर तुरुन्तै सुत्दा खाना फुड पाइमा आउँछ । यसले गर्दा निन्द्रा नलाग्न सक्छ ।

खासगरी राती ८ बजेपछि खाना खानु स्वास्थ्यका लागि अनुकुल हुँदैन । जति राती खाना खाइन्छ, सुत्ने र खाना खाने समयको अन्तर उत्तिनै कम हुन्छ । यसले गर्दा हामीले खाएको खाना राम्ररी पच्न पाउँदैन । खाना खाए लगत्तै सुत्दा पाचन यन्त्रलाई असर गर्छ । खाना पच्दैन र अतिरिक्त बोसोमा बदलिन्छ । यसले शरीरमा अनेक किसिमका गंभिर समस्या पनि निम्त्याउँछ ।

खानाको समय तालिका गडबड हुँदा हाम्रो निन्द्रा पनि विथोलिन्छ । यसले कार्य क्षमता घटाउँछ, शरीर भद्दा हुन्छ, स्फूर्ति घट्छ, तनाव पैदा हुन्छ । यहि तनाव र आलस्यले मधुमेह, उच्च रक्तचाप, हृदय रोग निम्त्याउन सक्छ ।

कुन समयमा खाने ?

रातको समयमा खाने तालिका निश्चित हुनुपर्छ । साँझ घाम अस्ताउनुअघि नै रातको खाना खाएको राम्रो मानिन्छ । यद्यपी कार्य व्यस्तताको कारण साँझमा खाना खान संभव नहुन सक्छ । त्यसैले ६, ७ वा ८ बजेभित्र रातको खाना खाइसक्नुपर्छ । खाना खाएर एकछिन टहल्ने, घुमफिर गर्ने बानी अझ राम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment