Comments Add Comment

नेयमार पीएसजी जाँदा बार्सिलोनाले के गुमायो ?

एक सामान्य फुटबलको दृष्टिकोणमा नेयमारको प्रस्थान बिशेष रुपमा बार्सिलोना र सामान्य रुपमा स्पेनिस फुटबलकै लागि एक ठूलो क्षति हो ।

यस्तो देखिएको छ कि बार्सिलोनाका लागि ‘अर्को नेइमार’ भेट्टाउनु तत्कालका लागि असम्भवजस्तै छ, जसरी ‘दोस्रो’ जाभी भेट्न मुस्किल परेको थियो र सम्भवतः ‘अर्को’ इनिएष्ट भेट्न पनि कठिन नै देखिन्छ ।

लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको त कुरै नगरौं ।

रियल मडि्रडले पनि जिदाने, रोनाल्डो र राउललाई उस्तै भेट्टाउन सकेन । यो ती सबै खेलाडीहरुमा लागू हुन्छ, उद्भूद, अजीव र अलगअलग खेलशैली । उनीहरुले जुन टिम या मैदानमा खेलेपनि त्यहाँ कब्जा जमाएका थिए ।

नेयमारको अनुपस्थितिले बार्सिलोनाको फुटबल हतियार खोसिएला ? धेरैहदसम्म ।

यहाँसम्म कि मेस्सी र लुइस स्वारेजका लागि डेम्बेले या काउटिन्हो या डिबाला या उनीहरुमध्ये दुई टिममेट दिएपनि । क्याटलान क्लबले नेयमारसँगै थेरै गुमाइसकेको छ, जुन उनीहरुबाट तत्काल पुर्ति गर्न मुस्किल देखिन्छ ।

बार्सिलोनामा चार सिजन बिताएपछि एमएसएनको ब्राण्डिङ र ब्राजिलको राष्ट्रिय टिमको मूख्य खेलाडी भए लगायत नेयमारका सबै गुणहरु बिश्लेषण गर्दा उनी विश्वकै महान खेलाडी बन्ने पथमा छन् ।

बार्सिलोनाका लागि १८६ खेलमा १०६ गोल र ५० एसिस्ट, ब्राजिलका लागि ७७ खेलमा ५२ गोल, छोटो र लामो डि्रब्लिङका लागि लोकपि्रय, एकपछि अर्को खेलमा शानदार प्रदर्शन र महत्वपूर्ण खेलमा गोल गर्नसक्ने र एट्याकका लागि उत्कृष्ट, नेइमारको उच्च कला हो ।

लुइस एनरिकेको शैली नेइमारले धेरै हदसम्म पालना गरेका छन् ।

आमरुपमा सीधा रेखामा बिरोधीको क्षेत्रमा पुग्नु लोकपि्रय फुटबल स्किल हो । तर नेयमारको हकमा भने बलसँगै तीव्र गति र विपक्षीलाई द्विविधामा राख्न सक्नु उनको मौलिक शैली हो ।

उनको कल्पना अक्सर खेललाई परिभाषित गर्दथ्यो । यसैका लागि नेयमारलाई बार्सिलोनासँगै स्पेनिस फुटबलले ‘मिस’ गर्नेछ ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment