+
+
Shares

भूकम्प प्रभावित जिल्लामा पुनः सर्वेक्षणको काम सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते १४:०१

२२ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित आठ जिल्लामा पुनः सर्वेक्षणको काम सुरु गर्ने भएको छ । यही साउन २६ गतेदेखि सर्वेक्षण सुरु गर्ने र आगामी भदौभित्र काम सक्ने प्राधिकरणको लक्ष्य छ ।

पहिलो चरणमा अति प्रभावित ओलखढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, रसुवामा गोरखामा छुट सर्वेक्षण तथा पुनः जाँचको काम सुरु गर्ने प्राधिकरणका सदस्यसचिव सर्वजित प्रसाद महतोले जानकारी दिए ।

दोस्रो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिङमा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु हुने कार्ययोजना बनाइएको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २ सय ८७ जना परिवारको छुट सर्वेक्षण गर्नुपर्ने प्राधिकरणको लक्ष्य छ ।

दोस्रो चरणमा १ सय ६४ जना इन्जिनियरहरु परिचालन हुने र उनीहरुका लागि आगामी साउन २६ गतेबाट तालिम दिइने प्राधिकरण सदस्य सचिव महतोले जानकारी दिए ।

सर्वेक्षणमा खटिने इन्जिनियरको तालिम सुरु

पहिलो चरणको सर्वेक्षणमा खटिने इन्जिनियरहरुको लागि भने आइतबारबाट तालिम सुरु भएको छ । काठमाडौंमा सुरु भएको तालिममा १ सय ६८ जना इन्जिनियरहरु सहभागी छन् ।

तीन दिने तालिमको उदघाटन गर्दै प्राधिकरणका सदस्य सचिव सर्वजीतप्रसाद महतोले भूकम्प पीडितहरुलाई छिटो र छरितो रुपमा सेवा दिने दायित्व सबैको भएको बताए ।

उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई छिटो र छरितो रुपमा सम्पन्न गर्न इन्जिनियरहरु पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले निरन्तर पराकम्पले दिएको त्रासका कारण कतिपय ठाउँमा सर्वेक्षणको काम छुट हुन गएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?