Comments Add Comment

इतिहास बन्दै हुलाक, १८ हजार कर्मचारी बेकामे

२३ साउन, काठमाडौं । कुनै समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म अर्थात कार्यालयमा हाजिर भएदेखि बिदा नभएसम्म व्यस्त रहने हुलाक कार्यालयका कर्मचारीहरु आजभोलि निकै फुर्सदिला देखिन्छन् ।

निजी क्षेत्रबाट कुरियर सेवा तथा मोबाइल, इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ मारेसँगै हुलाकका कर्मचारीहरु बेफुर्सदिला भएका हुन् । न कार्यालयमा कसैको चिठ्ठी आउँछ, न त चिठ्ठी पठाउन भ्याईनभ्याई नै हुन्छ ।

बढ्दो सूचना प्रविधिको विकाससँगै सूचना तथा सञ्चार मन्त्रालय मातहतको हुलाक सेवा विभागको सेवा प्रवाहमाथि अहिले प्रश्न उठ्न थालेको छ । हुलाक सेवा समयसामपेक्ष रुपमा परिवर्तन नहुँदा यसका १८ हजार कर्मचारी बेकामे भएको आजको समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment