Comments Add Comment

भैरहवा नाकाबाट १२ अर्ब बढीको चामल र आलु-प्याज आयात


२३ साउन, भैरहवा । रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट आलु-प्याज मात्रै ४ अर्ब बढी मूल्यको आयात भएको छ । भारतबाट गत आर्थिक वर्ष ०७३/०७४ मा भैरहवा नाकाबाट मात्रै ४ अर्ब १० करोड मुल्य बराबरको १५ करोड ३६ लाख किलो आलु प्याज आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले बताए ।

यो सँगै भन्सार कार्यालयले आलु प्याज आयत हुदाँ २० करोड ५६ लाख रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

यस्तै गत आर्थिक वर्ष ०७२/०७३ मा पनि भैरहवा नाकाबाट ठूलो परिणाममा आलु प्याज आयत भएको थियो । गत आव ०७२/०७३ मा नाकाबाट ३ अर्ब ४७ करोड मूल्य बराबरको १३ करोड ३१ लाख किलो आलु प्याज आयत भएको प्रमुख शाक्यले जानकारी दिए ।

यो सँगै भन्सार कार्यालयले गत आव ०७२/०७३ मा १७ करोड ४३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

दुई वर्षको तथ्यांङ हेर्दा भारतबाट मुलुकमा आलु प्याजको आयत बढेको देखिएको छ । उपभोक्ता बढ्दै जादाँ र स्वदेशमा उत्पादन कम हुदाँ प्रत्येक वर्ष आलु प्याजमा समेत परनिर्भर बन्ने अवस्था आएको छ ।

चामल मात्र ८ अर्ब बढी रुपैयाँको आयत

गत आर्थिक वर्ष २०७३/०७४ मा यस नाकाबाट ८ अर्ब बढी मुल्य बराबर भएको चामल मात्र आयत भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

गत आव ०७३/०७४ मा ८ अर्ब ३२ करोड मुल्यको १८ करोड १५ लाख किलो चामल आयत भएको भन्सार प्रमुख शाक्यले बताए । ८ अर्बको चामल आयत हुदाँ भन्सारले ६६ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै गत आव ०७२/०७३ मा ९ अर्ब ९२ करोड मुल्यको २० करोड ७९ लाख किलो चामल आयत भएको थियो । करिब १० अर्ब रुपैयाँको चामल आयत हुदाँ भन्सारले ७९ करोड ४४ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

विगत भन्दा गत आवमा चामलको आयत घटेको देखिन्छ ।

उब्जाउ जमिन बाझो हुनु, खेतीयोग्य भुमि प्लटिङ गर्नु, खेच मासेर घर बनाउने क्रम बढ्नु, किसानहरु ध्माधम खेतीकिसानीबाट पलायन लगायत कारण पनि आलु , प्याज, चामल लगायत अन्य कृषि बालीको उत्पादन घट्दै गएको र भारतसगँ परनिर्भरको अवस्था आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment