Comments Add Comment

यात्रुवाहक बसको ठक्करले कलंकीमा युवकको ज्यान गयो

सर्लाहीमा दुई दुर्घटना, दुईको मृत्यु

२४ साउन, काठमाडौं । कलंकी मन्दिरअगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ ।

आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुवाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ ।

अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया सुर्जादेवी यादवको मृत्यु भएको हो ।

स ७ प ५७२४ नंको मोटरसाइकलबाट अचानक लडेर गम्भीर घाइते भएकी यादवको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, पानी तान्ने मोटर पम्पबाट करेन्ट लागेर कर्जन्हा गाउँपालिका–६ निवासी ४५ वर्षीय बुधु साहको मृत्यु भएको छ ।

आफ्नै घरमा मोटरपम्पबाट पानी चढाउने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका साहलाई स्थानीयवासी फुलकुमारी मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरी चौकी, कर्जन्हाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment