Comments Add Comment

सलिन र साम्राज्ञीको क्रेजले ‘ए मेरो हजुर २’लाई कति फाइदा ?


असार ३० गते रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ चल्नुमा गीतसंगीत, नाम र कलाकारको क्रेज मुख्य देखियो । नायिका पूजा शर्मा र उदाउँदै गरेका नायक पल शाहको जोडीलाइ दर्शकले रुचाए र हलसम्म पुगे । चलचित्रले नेपालबाटै राम्रो कमाइ गर्‍यो ।

यस्तै, साउन १३ गतेबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’ चल्नुमा पनि यसका मुख्य नायक प्रदिप खड्काको क्रेज मुख्य देखियो । इनिसियल व्यापारमा प्रदिप हाबी देखिए । चलचित्र अझै पनि मल्टिप्लेक्समा सुखद रुपमा चलिरहेको छ ।

दुइवटै लभस्टोरी चलचित्र चलेकाले पनि अब दर्शकलाई यो बर्ष रिलिज हुने चलचित्र ‘ए मेरो हजुर २’माथि आशा छ । कारण, यसमा पनि विभिन्न फ्याक्टरहरु छन् जसले दर्शक हलसम्म जाने देखिएको छ ।

चलचित्रको गीत र ट्रेलर हिट भैसकेको छ । नायिका झरना थापाले निर्देशन गरेको पहिलो चलचित्र भएकाले पनि यसलाई फाइदा हुनसक्छ । यस्तै, चलचित्रकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको क्रेज चलचित्र बजारमा खुबै छ । करिब डेढ बर्षपछि दर्शकले साम्राज्ञीको चलचित्र हेर्न पाउनेछन् ।

यही, चलचित्रबाट उदाउँदै गरेका नायक सलिनमान बनियाँको क्रेजले पनि चलचित्रलाइ फाइदा पुग्ने देखिएको छ । पहिलो चलचित्र रिलिज नहुँदै यी चकलेटी हिरोले राम्रो फ्यान कमाएका छन् ।

यसैले पनि कलाकारको क्रेज फर्किरहेको चलचित्र बजारमा दर्शकलाई हलसम्म तान्न साम्राज्ञी र सलिनको क्रेज महत्वपूर्ण हुनसक्छ । नेपाली चलचित्र क्षेत्रमा अहिले सलिनलाई ‘राइजिङ स्टार’को रुपमा समेत हेर्न थालिएको छ । भदौ १६ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

सलिन र साम्राज्ञीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment