Comments Add Comment

स्वाइन फ्लूबाट मृत्यु हुनेको संख्या १० पुग्यो, सरकार भन्छ- नियन्त्रण बाहिर छैन

२५ साउन, काठमाडौं । सरकारले स्वाइन फ्लू नियन्त्रण बाहिर नगएको दाबी गरेको छ । सिजनल फ्लूले स्याङ्जाको वालिङमा प्रकोपको रुप लिएको छ, जहाँ हरेक दिन २५/३० जना रुघाखोकीका विरामी जचाउन स्वास्थ्य संस्थामा आउने गरेका छन् ।

यसबारे सदनलाई जानकारी दिँदै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले भने, ‘वालिङमा २० जनाको घाँटीको र्‍याल परीक्षण गर्दा ५ जनामा सिजनल इन्फ्लूइन्जाको भाइरस भेटिएको छ ।’

सरकारी तथ्यांक अनुसार अहिलेसम्म स्वाइन फ्लूका कारण १० जनाको मृत्यु भएको छ भने ३६१ जनामा एच वान एन वान पीडीएम ०९ को संक्रमण देखिएको छ । पोखराका तीन र झापाका दुई तथा स्याङ्जा, पाल्पा, रुपन्देही, काठमाडौं, ललितपुरका एक-एक जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये २ जना ६५ वर्ष माथिका र ३ जना दिर्घरोगी भएको पाइएको छ । स्वास्थ्यमन्त्री पोखरेलका अनुसार उपचारमा संलग्न एक चिकित्सकलाई समेत स्वाइन फ्लूको संक्रमण भएको थियो । तर, उनी उपचार गरेर निको भइसकेका छन् ।

स्वाइन फ्लू संक्रमितलाई दिइने औषधि ‘ट्यामी फ्लू’ सरकारले निःशुल्क उपलब्ध गराउँछ ।

यो रोगको संक्रमणबाट बच्न खोक्दा, हाछ्यूँ गर्दा सफा कपडाले सफा कपडाले मुख छोप्ने, ज्वरो आए नजिकको स्वास्थ्य संस्थामा जाने, भिडभाड हुने ठाउँमा सकेसम्म नजाने लगायतका उपायहरु अपाउनुपर्छ । हात मिलाउनुको सट्टा नमस्कार गर्न सल्लाह दिँदै स्वास्थ्यमन्त्री पोखरेलले भने, ‘कठोर अनुशासनमा नबसे महामारीको रुप लिए नियन्त्रण गर्न गाह्रो पर्छ ।’

तर, प्रचारमा आएजस्तो डराउने पर्ने र रोग नियन्त्रण बाहिर नगएको मन्त्री पोखरेलले सदनलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment