Comments Add Comment

खाल्डाखुल्डीले इटहरीका सडकको बिजोग,सर्बसाधारणलाई सास्ती

२६ साउन, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको अधिकांस बाटोहरु खाल्डाखुल्डीले बिजोग अवस्थामा पुगेका छन् ।

बाटोघाटोको स्तरउन्नती हुन नसक्दा दैनिक जसो सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको छ । खाल्डाखुल्डीका कारण इटहरीका अधिकांस सडक जीर्ण बनेका छन् ।

इटहरीको बजार तथा बसपार्क जाने सडकको कन्तविजोग हुन पुगेको हो । सडकमा बनेका खाल्डाले दैनिक साना ठूला सवारी दुर्घटना हुने गरेको चालकले गुनासो गरेका छन् ।

भरखरै क्षेत्रीय ट्राफिक कार्यालय इटहरीले इटहरीका मुख्य बजार क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ तर सडकमा बनेका यस्ता ठुलाठुला खाल्डामा गुड्ने सवारीले हर्न नबजाई गुड्ने अवस्था नै छैन ।

बजार क्षेत्रमा ठुलाठुला खाल्डाखुल्डी भए पनि सडक वनाउँन प्रमुख जिम्मा पाएको सडक डिभिजन कार्यलय र इटहरी उपमहानगरपालिका भने देखे पनि नदेखेझै गदै आएको छ ।

दैनिक सयौँ सवारी सधान गुड्ने सडकमा खाल्डो परेपछि यात्रा गर्न कठिन बन्दै गएको हो । इटहरीको बसपार्क छिर्ने मोडदेखि बसपार्क भित्रसम्मका सडकहरु पानी जमेर आहालमा परिणत बनेका छन् ।

कालो पत्रे भनिएका सडकहरु ग्रामीण भेकका हिलाम्य सडक झैँ देखिने गरेका छन् । कालो पत्रे गरिएको सडक सवै भत्कीएर ग्राभेल सडक भन्दा पनि लाज मर्दो अवस्थामा पुगेकोले समस्या भएको इटहरीका ब्यवसायी शंकर अग्रवालले वताए । उनले भने,’इटहरी सडकको अवस्था लाजमर्दा भयो नियमनकारी निकायको ध्यान जाओस ।’

विशेष गरी अहिले वर्षाको समयमा ठूला खाल्डामा पानी जमेर पोखरी नै बन्ने गरेका छन् ।

यस्ता खाल्डामा तीव्र गतिमा आएका सवारीहरु थाहै नपाई कुदाउँदा दुर्घटना हुने गरेको सवारी चालक जीवन आर्चायले वताए ।

खाल्डाखुल्डी सडकमा सवारी कुदाउँदा दुर्घटनाको उच्च जोखिमसँगै सवारीमा टुटफुट हुने गरेको सवारी चालकको भनाइ छ । इटहरी आसपासको सडकको अवस्था दयानिय वन्द गएको चालकहरुको भनाइ छ ।

इटहरीको बसपार्कसँगै मुख्य समस्या बजार क्षेत्र भित्रै पर्ने टेग्रापुलमा पनि देखिएको छ । पुलमा बनेका ठुलाठुला खाल्डामा सवारी सञ्चालन गर्न समस्या बन्दै गएको छ ।

टेग्राखोलाको पुल जिर्ण बनेर यात्रा गर्न समस्या बनिरहेको अवस्थामा बनेका खाल्डाले थप जोखिम बढाएका सवारी चालक हरि कार्कीले वताए ।

प्रदेश नम्वर एकको राजधानी दावी गर्दै आएका इटहरीले बाटोघाटोलाई विशेष प्रथामिकता दिनु पर्ने सर्वसाधरणको माग छ ।

यता, उपमहानगरपालिकाले सडकमा बनेका खाल्डा पुर्ने काम थालिसकेको मेयर द्धारिकलाल चौधरीले बताए ।

सडकमा बनेका खाल्डाले पारेको समस्याको बारेमा आफू जानकार रहेको भन्दै चौधरीले गिटी हालेर पुर्ने काम भइरहेको बताए । ‘आमगी वर्षदेखि यो समस्याकोहल हुन्छ अहिले समस्या छ ।’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment