Comments Add Comment

चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


२७ साउन, काठमाडौं ।  अरबाैं कर छली गरेको अाराेपमा पक्राउ परेका राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सोही रिट अन्तर्गत सर्वोच्चले आज उनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।

शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ ।

कर फर्छ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिएको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।

आयोगले शर्मासहित कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यही साउन ४  गते सर्वोच्चले शर्माको मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो ।

सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment