Comments Add Comment

बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र संघलाई अनुरोध

३० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले नेपालका बाढी पीडितलाई सहयोग गर्न संयुक्त राष्ट्र संघलाई अनुरोध गरेको छ ।

संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्क पुगेको प्रतिनिधि मण्डलमा सहभागी नेबिसंघ अध्यक्ष नैनसिंह महरले नेपालमा ठूलो विपत्ती आइपरेको भन्दै सहयोगको आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्र संघको युवा सभामा महरले सम्बोधन गरेका थिए ।

त्यस्तै, अमेरीकास्थित जनसम्पर्क समितिको छुट्टाछुट्टै कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष महरले अमेरीकामा बसेका नेपाली समुदायलाई बाढी पीडितलाई सहयोग गर्न अनुरोध पनि गरेको छ ।

महरले कांग्रेस सम्बद्ध सम्पर्क समिति अमेरीकाका पदाधिकारीहरुसँग अन्तरक्रिया र भेटघाट पनि गरेका छन् । सम्पर्क समितिका आनन्द विष्टले एक हप्ता भित्र सहयोग जम्मा गरेर नेपाल पठाइने बताए ।

बाढी पहिरोको विपत्ती आएपछि अध्यक्ष महर अमेरिका भ्रमण छोट्याएर नेपाल फर्किन लागेको नेविसंघका नेता सन्जीव न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment