३० साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीले बाढी प्रभावितहरुको राहतका लागि पार्टी सांसदहरुको एक महिनाको तलब दिने निर्णय गरेको छ ।
सोमबार बसेको राजपा अध्यक्ष मण्डल र संसदीय दलको संयुक्त बैठकले पार्टीका सांसदहरुको एक महिनाको तलब दिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए । राजपाका २३ सांसद छन् ।
बैठकले अध्यक्ष मण्डलसहितका नेता कार्यकतालाई नगद तथा जिन्सी सहयोग गर्न आहृवान पनि गरेको छ । साथै बाढीपीडितलाई सहयोग गर्न संघसंस्था, व्यवसायी र दातृ निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
राजपाले बाढी तथा पहिरो प्रभावित क्षेत्रहरुलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपतकालीन विपद व्यवस्थापन गर्न सरकारसाग माग पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4