वर्षायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ भनिन्छ । त्यसका साथै, यतिबेला संक्रमणको भय पनि बढी हुन्छ । पिउने पानी र खानेकुराको माध्यामबाट संक्रमण फैलने संभावना हुन्छ । कतिसम्म भनिन्छ भने, यो मौसममा हरियो सागपात र सलाद सेवन समेत स्वस्थ्यकर नहुन सक्छ ।
त्यसै त धेरैजसो नेपाली पेट सम्बन्धित रोगले ग्रस्त छन् । त्यसमाथि खानपान, सरसफाई आदिमा सर्तकता अपनाइएन भने त्यसले जोखिममा पार्ने नै भयो । यस किसिमको लापरवाहीले पेटमा जीवाणु (जुका) फैलन्छ ।
यसकारण हुर्कन्छ पेटमा जुका
– प्रदूषित खानपान । खानेकुरा सफा नहुनु । बासी, सडेगलेको, संक्रमित खानेकुराको सेवन
– खाने भाँडावर्तन सफा नहुनु । थाल, चम्चा, पकाउने भाँडा इत्यादि । साथै भाँडावर्तन राख्ने एवं भन्डारण गर्ने विधीमा ढंग नपुग्दा पनि त्यो संक्रमित हुन्छ ।
– अक्सर नेपालीले हातले खाना खाने गर्छन् । विभिन्न काम गर्ने क्रममा हात जिवाणुको सोझो सम्पर्कमा पुग्छ । त्यही हात राम्ररी सफा नगरी खानेकुरा सेवन गर्दा पेटमा हानिकारक जीवाणु प्रवेश गर्छ ।
– दूषित पानी वा पानीजन्य पदार्थको सेवनले पेटको संक्रमण हुन्छ । बर्षाको बेला बाढीको पानी मिसिएर पनि दूषित हुनपुग्छ । साथै पानीको मुहानमा मुसा, सर्प, जंगली जनावार मरेर कुहिएको अवस्थामा हुनसक्छ । यसले पानीलाई दुषित तुल्याउँछ ।
– घर एवं भान्सा फोहोर हुनु । आसपासको वतावरणमा फोहोर मैला हुनु । झिंगा, लामखुट्टे फैलनु ।
– प्रतिरक्षा प्रणाली कमजोर हुनु ।
कसरी थाहा पाउने ?
सामान्यत पेटमा जुका परेको वा संक्रमण भएको सहजै थाहा हुन्छ । पेट दुख्ने, ग्याष्ट्रिक हुने, पेट फुल्लिने, पखला लाग्ने यसको सामान्य लक्षण हुन् ।
त्यसबाहेक खानामा अरुची हुनु, सास लिन गाह्रो हुनु जस्ता लक्षणले पेटमा जुका भएको संकेत गर्छ । पेटमा जुका भएपछि निन्द्रा लाग्दैन, कमजोरी महसुष हुन्छ, तौल घट्छ, टाउको दुख्छ, खुट्टामा पीडा हुन्छ, शरीरको रंग कालो हुँदै जान्छ ।
के छ त उपचार विधि ?
पेटको जुका हटाउनुभन्दा पनि पेटमा जुका पर्न नदिनु राम्रो हो । त्यसका लागि खानपानदेखि शारीरिक सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।
त्यसो त पेटको जुका हटाउनमा लागि घरेलु उपचार विधी अपनाउन सकिन्छ ।
१. नरिवलको सेवनले पेटको परजीवी नष्ट गर्ने क्षमता राख्छ । यसका लागि नरिवलको फल वा तेल दुबै प्रयोग गर्न सकिन्छ ।
– एक चम्चा नरिवल नियमित बिहानको नास्तासँगै खाने गर्नुपर्छ । त्यसको तीन घण्टापछि एक गिलास मनतातो दुधमा २ चम्चा अँडिरको तेल अर्थात कास्टर आयल मिलाएर पिउनुहोस् । यसलाई त्यसबेलासम्म जारी राख्नुपर्छ, जबसम्म संक्रमण ठिक हुँदैन ।
२. लसुन आफैमा परजीवी विरोधी पदार्थ हो, जसले पेटमा रहेको कुनैपनि किसिमको जीवाणु मार्ने क्षमता राख्छ । लसुनको केस्रामा सल्फरका साथ अमीनो एसिड पनि हुन्छ । यसमा एन्टिसेप्टिक, एन्टिफंगल वा एन्टिब्याक्टेरियल तत्व हुन्छ ।
– खाली पेट बिहान २–३ केस्रा लसुन राम्ररी चपाएर सेवन गरौ । यो क्रम एक हप्ता नियमित जारी राख्नुपर्छ ।
– आधा कप दुधमा एक वा दुई केस्रा लसुन मिलाएर सेवन गरौ ।
३. आर्युवेदिक दृष्टिले मेवा एकदमै लाभदायक मानिन्छ । यो पेटको स्वस्थ्यका लागि एकदमै राम्रो हो ।
– मेवाको पेस्ट राम्ररी मिसाउने । अव त्यसमा मह वा दुई÷तीन चम्चा तातो पानी हाल्नुहोस् । त्यसलाई राम्ररी मिसाएर बिहान खाली पेटमा पिउनुपर्छ ।
– मेवाको बिज सुकाएर पिस्नुपर्छ । उक्त पाउडरलाई दुध वा पानीसँग मिसाएर सेवन गर्नुपर्छ ।
४. गाजरको रस बनाएर बिहान नियमित रुपले सेवन गर्नुपर्छ । पेटको सबैखाले संक्रमणबाट छुटकारा मिल्छ ।
५. अनारको दाना वा बोक्रा दुबै फाइदाजनक हुन्छ । त्यसको बोक्रा सुकाएर पाउडर बनाउने । अब दिनमा दुई वा तीन पटक यस पाउडरलाई एक एक चम्चा सेवन गर्ने ।
६. नीम एकदमै राम्रो औषधी हो । धेरै किसिमको रोगमा यो फाइदाजनक मानिन्छ । पेटको संक्रमणमा पनि नीम उपयोगी हुन्छ ।
– एक गिलास मनतातो पानी वा दुधमा एक चम्चा सुख्खा नीमको पाउडर मिसाएर दैनिक दुई वा तीन पटक पिउनुपर्छ ।
७. ल्वाङमा एन्टिसेप्टिक गुण हुन्छ । यसले पेटको संक्रमण हटाउन मद्दत गर्छ ।
८. बेसार पनि एकदमै उपयोगी हुन्छ । त्यसो त बेसारले पेटको अन्य बिकार जस्तो ग्याष्ट्रिक, दुखाई आदि पनि हटाउँछ ।
९. जीरा र सख्खर मिसाएर सेवन गर्नुपर्छ, पेटको संक्रमण ठीक हुन्छ ।
प्रतिक्रिया 4